२०८३ असार २५ गते, बिहीबार ०८:०२

भिरबाट लडेर महिलाको मृत्यु




डोटी । डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जोरायल गाउँपालिका–३ पातलकी ३९ वर्षीय भूमिसरा खड्का रहेकी छन् ।

सोमबार बिहान घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर खड्काको घटनास्थलमै मृत्यु भएको वडा कार्यालयले जनाएको छ । उनको भिरबाट खोलामा खस्दा घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक खड्काका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM