२०८३ असार २५ गते, बिहीबार १०:४६

नेपाली कप्तान घनश्याम सम्मिलित हरियाणाले जित्यो प्रो कबड्डीको उपाधि

१४ पुस, काठमाडौं । नेपाल राष्ट्रिय पुरुष कबड्डी टिमका कप्तान घनश्याम रोका मगरले भारतको प्रो कबड्डी लिगको उपाधि जितेका छन् ।

घनश्याम सम्मिलित हरियाणा स्टिलर्सले आईतबार पटना पाईरेट्सलाई ३२-२३ ले पराजित गर्दै ११औं संस्करणको उपाधि जितेको हो । विश्वकै चर्चित प्रो कबड्डी लिगको ११ औं सिजनका लागि नेपालका कप्तान घनश्यामलाई स्टिलर्सले रिटेन गरेको थियो ।

उनले यस सिजन २ खेल खेल्दै ३ अंक जोडे । फाइनलमा भने उनले खेलेनन् । घनश्यामले गत सिजन पनि हरियाणा स्टिलर्सबाटै खेलेका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM