२०८३ असार २५ गते, बिहीबार १३:२७

झारपातले कुरूप बन्दै रारा : पुरानो जस्तो छैन स्वरूप पश्चिम निजार,




मुगु । नेपालकै ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातको समस्याले कुरूप बन्दै गएको छ।
तालको किनारमा बढ्दै गइरहेको झारपातले पर्यावरणीय सन्तुलनमा असर पुर्‍याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको छ।

लको पानी र किनार दुबै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ। यसले तालको जैविक विविधतामा असर पुर्‍याउनका साथै तालको आकर्षण घटाएको छ।

‘रारातालको मुख्य आकर्षण यसको निलो पानी र सफा वातावरण हो, तर अहिले झारपातले यी कुरालाई असर पुर्‍याइरहेको छ,’ छायाँनाथ रारा नगरपालिका वडा नं-९ मुर्मका स्थानिय शिक्षक नन्दसिंह रोकायाले बताउनु भयो ।

उहाँका अनुसार ‘आफू सानै हुँदा ताल धेरैसफा देखिन्थ्यो तर आजभोली पहिलेको जस्तो सफा देखिदैनू। जताततै खुल्ला सफा देखिने ताल आजभोली तालका केही भागमा झारपातले गाँजेको छ ’

रारा राष्ट्रिय निकुन्ज कार्यालयले झारपात नियन्त्रण गर्न केही पहल गरिरहेको भए पनि पर्याप्त साधन र स्रोतको अभावका कारण समस्या समाधान गर्न कठिनाइ भइरहेको रारा राष्ट्रिय निकुञ्जका्यालयका बरिष्ट संरक्षण अधिकृत महेश नौपाने ले बताउनु भयो ।

अधिकृत नौपानेले भने‘रारातालको पश्चिम तिरको क्षेत्र निजारमा लगायत अन्य स्थानमा भएको झारपात सफागरी तालाई शुन्दर रूपदिने आफ्नो योजना रहेको छ ।
राराताललाई दीर्घकालीन रूपमा संरक्षित गर्न योजनाबद्ध रूपमा झारपात नियन्त्रण, सरसफाइ अभियान र जैविक विविधताको संरक्षण गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM