Wednesday, January 8, 2025
घरसमाचारपत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ

पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्छ : मन्त्री गुरुङ




काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री गुरुङले सत्य तथ्य विषयलाई प्राथमिकता दिई लोकतन्त्रको विकास र सुशासन कायम गर्न सचेत र सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सरकारप्रति डिजिटल माध्यमहरूमा बढी नकारात्मकता फैलाउने प्रवृत्ति बढेको भन्नुहुँदै मन्त्री गुरुङले स्वस्थ आलोचनामार्फत गलत कुराको रचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले व्यावसायिक पत्रकारिताको विकास, पत्रकारहरूको सुरक्षा र उचित पारिश्रमिक पाउने वातावरण निर्माण गर्न सरकार तयार रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष निर्मला शर्माले पत्रकारिता क्षेत्रको समग्र समस्याको समाधानका लागि सरकार र महासङ्घको साझेदारीको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र आर्थिक संकट जस्ता समस्या समाधान गर्न साझेदारी र सरकारको गल्तीहरूमा खबरदारी गर्ने भूमिका समेत प्रभावकारी ढंगले निर्वाह गर्न महासङ्घ तयार हरेको प्रष्ट पार्नुभयो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -