२०८३ असार २६ गते, शुक्रबार ००:३१

बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन

११ पुस, काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले सिफारिस समिति गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले बताए ।

उनका अनुसार बीमा प्राधिकरण सिफारिस समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहनेछन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल माथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद अहिले खाली छ ।

 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM