२०८३ असार २६ गते, शुक्रबार ०९:३४

अल इफुटबल लिग हुने

९ पुस, काठमाडौं । अल इफुटबल इस्पोर्ट्स प्रालीको आयोजनामा इफुटबल इस्पोर्ट्स लिग आयोजना हुने भएको छ ।

आयोजकले मंगलबार भक्तपुरका पत्रकार सम्मेलन गर्दै प्रतियोगिता यही पुस २१ गतेदेखि सुरु हुने जानकारी गराएको हो ।

पछिल्लो समयमा नेपालमा इस्पोर्ट्सको बढ्दो क्रेसलाई मध्यनजर गर्दै पहिलो पटक इफुटबल आयोजना गर्न लागेको आयोजक संस्थाका सागर घिमिरेले जानकारी दिए । प्रतियोगितामा ५० देखि ६० खेलाडीको सहभागिताको अपेक्षा रहेको घिमिरेले जानकारी दिए ।

प्रतियोगिता च्याम्पियन्स लिग फर्म्याटमा आयोजना गरिनेछ । ‘लिग चरण देखि क्वाटरपाइनलसम्मका खेलहरु घरबाटै अनलाइनमा खेलाइनेछ । सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा गर्नेछौं ।’
अन्तिम चरणको खेल एक दिन सञ्चालन हुने सागर घिमिरेले बताए ।

प्रतियोगिताको लागि ५०० दर्ता शूल्क तोकिएको छ । यस्तै प्रतियोगिताको कूल पुरस्कार राशी १ लाख रहेको छ ।

यस प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने र आर्थिक रुपमा समेत खेलाडीलाई फाइदा पुग्ने आयोजकको विश्वास छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM