२०८३ असार २६ गते, शुक्रबार १०:२२

काभा यू२० पुरुष भलिबलको रजत विजेता टोली सम्मानित

९ पुस, काठमाडौं । श्रीलंकामा भएको काभा यू२० पुरुष भलिबलको रजत विजेता नेपाली यू-२० राष्ट्रिय टोली नगद सहित सम्मानित भएका छन् ।

नेपाल भलिबल लिगको लोगो अनावरण कार्यक्रममा केडिया ग्रुपले यू२० टोलीलाई नगदसहित सम्मान गरेको हो । टोलीमा रहेका खेलाडी र अफिसियललाई १५-१५ हजार प्रदान गरिएको हो ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरी, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा खेलाडीलाई सम्मान गरे ।

श्रीलंकामा पहिलो पटक भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले ऐतिहासिक रजत जितेको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM