२०८३ असार २६ गते, शुक्रबार २३:०१

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार र शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ ११ र १२ गते काठमाडौंमा बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको प्रवक्ता मोहन प्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, बैठकले गत १६ मंसिरमा भएको उपनिर्वाचनको समीक्षा पनि गरेको छ । निर्वाचनको परिणाम आफ्नो पक्षमा नआएको भएपनि अधिकांश स्थानमा सुधार भएको राप्रपाको ठहर छ ।

प्रवक्ता श्रेष्ठका अुनसार प्राप्त परिणामबाट कमीकमजोरीमा सुधार गर्ने, पार्टी निर्माणको अवसरको रुपमा सदुपयोग गर्ने र सबै तहका पार्टी संगठनलाई चुस्त दुरुस्त र चलायमान बनाउने निर्णय पनि भएको छ ।

स्थानीय तहमा भएको तहगत कमजोरी र त्यसको परिणाममा परेको असरबारे अध्ययन गर्ने र प्रतिवेदन तयार पार्नेगरी समिति पनि गठन भएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM