२०८३ असार २७ गते, शनिबार ०२:२३

पूर्वी नेपालमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा राति हिमपात हुने

६ पुस, काठमाडौं । आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा  हिमाली क्षेत्रमा एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रमा भने मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

आज बिहान तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM