२०८३ असार २७ गते, शनिबार १७:१३

०८४ को निर्वाचनमा भाग लिने विप्लव नेतृत्वको नेकपाको निर्णय

२ पुस, बुटवल । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ०८४ सालको आम निर्वाचनमा भाग लिने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक सातासम्म बसेको केन्द्रीय कमिटीको बैठले सो निर्णय लिएको हो ।

तर, निर्वाचनमा भाग लिनका लागि आफ्ना नेताहरूमाथि लागेको मुद्दा खारेज हुनुपर्ने माग सो पार्टीले राखेको छ ।

‘०८४ को आम चुनावमा भाग लिने निर्णय भएको छ,’ पार्टीका नेता अनिल शर्मा ‘विरही’ ले भने, ‘तर, सरकारले हाम्रा नेताहरूमाथि लगाएको मुद्दा खारेज गर्नुपर्छ ।’

यसअघि सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने पनि उनले बताए ।

बैठकले आगामी फागुनमा झापा–कञ्चनपुर मार्चापास अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM