२०८३ जेष्ठ १ गते, शुक्रबार १२:५०

बलरा भूतपूर्व विद्यार्थी समाजद्वारा पूर्व शिक्षकहरु सम्मानित

सर्लाही/ बलरा भूतपूर्व विद्यार्थी समाजले पूर्व शिक्षकहरूलाई एक समारोह बीच सम्मान गरेको छ।

सर्लाहीको बलरा नपा ४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयमा अध्यापन गराउनु भएका पूर्व शिक्षकहरुलाई ‘मायाको चिनो’ प्रदान गरी सम्मानित गरिएको हो ।

बलरा भूतपूर्व विद्यार्थी समाजका संयोजक श्री कृष्ण कान्त झाको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि कार्यक्रममा सहभागी सबैको केन्द्रबिन्दु बन्नुभएका निवर्तमान प्रधानाध्यापक श्री राम कुमार शर्मा, विशिष्ट अतिथि वर्तमान प्रधानाध्यापक श्री वीरेन्द्र झा रहनुभएको थियो।

कार्यक्रममा डा. अमरेन्द्र कुमार मिश्र, श्री रामलाल ठाकुर, श्री भागवत साह, श्री विभाष लाल कर्ण, श्री रामजी यादव, श्री रामबाबु यादव, श्री ललन प्रसाद सिंह, श्री जयप्रकाश नारायण सिंह, श्री संजय कुमार मिश्र, श्री शोभाकान्त मिश्र, श्री बिजय सिंह, श्री हेमकान्त झा, श्री गफुर बैठा, श्री नृपेन्द्र कर्ण, श्री प्रमोद मिश्र, श्री शर्माजी झालगायत शिक्षकहरुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घोषण श्री निवास झाले गर्नुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य श्री दिवाकर झाले दिनु भएको थियो भने ‘विद्यालयको इतिहास’ शीर्षकमा श्री राहुल श्रीवास्तवले आफ्नो मन्तव्य राख्नु भएको थियो। ‘ भूतपूर्व बलरा विद्यार्थी समाजको उद्येश्य’ भन्ने शीर्षकमा श्री आशुतोष मिश्रले आफ्नो मन्तव्य राख्नुभएको थियो भने श्री रणजीत झा द्वारा मैथिली कविता वाचन गरिएको थियो।

कार्यक्रममा सहभागी श्री नरेन्द्र पटेलद्वारा पनि छोटो मिठो वक्तव्य राखिएको थियो। कार्यक्रममा शिक्षकगण श्री राम कुमार शर्मा, डा. अमरेन्द्र कुमार मिश्र, श्री रामलाल ठाकुर, श्री विभाष लाल कर्ण, श्री जयप्रकाश नारायण सिंह, श्री ललन प्रसाद सिंह, श्री नृपेन्द्र कर्णलगायतले आफ्नो वक्तव्य दिदै गर्दा भाबुक समेत बन्नु भएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरुको विशेष अनुरोधमा डा. अमरेन्द्र मिश्रले गित गाउदा कार्यक्रम झन आनन्दमय बन्न पुगेका थिए। कार्यक्रमको अन्त्यमा आयोजक पक्ष मध्ये श्री कृष्ण कान्त शास्त्री, दिपक सिंह, दिवाकर झा, निरज शर्मा, राहुल श्रीवास्तव, आशुतोष मिश्र, रणजीत झा, विवेक श्रीवास्तव, निवास झा, सेन्टु साहेव सहनीलगायतलाई समेत ‘मायाको चिनो’ प्रदान गरि सम्मानित गरिएको थियो। कार्यक्रमलाई विशेष बनाउन निरज शर्मा, दिवाकर झा, राहुल श्रीवास्तव, विमल मिश्र, दिपक सिंह, विवेक श्रीवास्तव, मनोज मोहन कुश्वाहा, आनन्द मिश्र, आशुतोष मिश्र, रणजीत झा, कृष्ण कान्त झा, अम्बुज जैशवाल, सुमित सिंह, आशुतोष ठाकुर, जयवर्धन वर्मालगायतले विशेष भुमिका खेलेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM