२०८३ बैशाख ३१ गते, बिहीबार १५:४९

एसपी काफ्लेद्वारा महिलामाथि दूर्व्यवहार, स्थानीयले लखेटे , विभागीय कारवाहीमा पर्ने संभावना

काठमाडौँ । सिन्धुलीका एसपी गोविन्द काफ्लेलाई अनर्गल हर्कत गरेको आरोपमा स्थानीयले घेरा हालेर लखेटेका छन्। दशैँको अन्त्यतिर माझिटारबाट उनलाई स्थानीयले लखेटेका हुन्। साँझको बेला स्थानीयको घरमा गएर काफ्लेले महिलालाई दुर्व्यवहार गरेको आरोप स्थानीयले लगाएका छन्। एसपी काफ्लेले आफुले अन्जानमा गल्ती गरेको भन्दै स्थानीयसँग माफी समेत मागेका छन्।

यस घट्नाबारे बुझ्न बागमती प्रदेशका डीआआईजी कृष्णहरि शर्माले हेटौँडाबाट पठाएको टोलीले एसपी काफ्लेलाई बिभागीय कारबाहीको सिफारिस गर्न प्रहरीलाई आग्रह गरेको स्रोतले बताएको छ । केही गडबड पक्का छ, उनलाई बिभागीय कारबाही गरि त्यहाँ अर्को प्रहरी प्रमुख तत्काल पठाउन सिफारिस भएको प्रहरी स्रोतले बतायो । उनी गत बैशाखदेखि सिन्धुलीको प्रमुख छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM