Friday, January 10, 2025
घरक्राइम चेक"यस कारण राजस्वालाको समयमा मन्दिर नजान भनिएको हो"

“यस कारण राजस्वालाको समयमा मन्दिर नजान भनिएको हो”

प्रश्न : मलाई हिन्दु समाजमा पिरियडमा किन मन्दिर जान निषेध गरियो?

उत्तर: बहिनी आजसम्म तिमीलाई कसैले पशुपतिनाथको ढोकामा बसेर पिरियड भएको छ कि छैन भनेर सोधेको छ ?

छैन ।

पीरियड हुँदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ । यो पीरियडमा दिएको छुट्टी(Menstrual leave ) हो । तिम्रो शरीरबाट रगत जाँदा तिमी कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो । प्राचीन संस्कारको संस्कृति पछाडीको ज्ञान हेर्ने गरौ ।

पिरियडमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा संवेदनशील ( sensitive ) हुन्छौ । पीरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन । मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । पीरियडमा मन्दिर निराहार निर्जल जाँदा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ, तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो । कालान्तरमा यो निषेध (Taboo) को रुपमा बुझियो ।

भारतमा काम्ख्या मातालाई नै पीरियड हुन्छ । हिन्दु समाजमा नारी देवी हुन् । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृति जोगाउन नसके एउटा युग गुमाउने छन् । तिमी पीरियडमा अछुत वा अयोग्य हुँदैनौ, तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हौ ।

तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोणबाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर ।

राम्रो लागेमा अवश्य शेयर गर्नुहोला । धन्यवाद _/\_

(तस्वीर – कामख्या देवी , ब्लुहिल भारत )

#शुरज_दाहाल

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -