Friday, January 10, 2025
घरक्राइम चेकइंस्पेक्टर शाहीलाई पक्राउ गर्न अदालतको अनुमति

इंस्पेक्टर शाहीलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाण्डौ, प्रहरी विभाग, भैंसेपाटीकी तत्कालीन प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई १० असोजमा पदबाट हटाएको थियो । र, घटनाबारे जिल्ला प्रहरी परिसर, ललितपुरले छानबिन सुरु गरेको थियो । छानबिनका क्रममा ‘केही कैफियत’ देखिएपछि शाहीलाई हिरासतमै राखेर थप अनुसन्धान गर्ने निर्णयमा प्रहरी पुगेको हो ।

उनीलाई पक्राउ गर्न अदालतले अनुमति दिइसकेको ललितपुर प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन । ‘हनी ट्यापिङ’मा पारेर असुली गर्ने समूहसँग उनको शंकास्पद सम्बन्ध रहेको पाइएपछि उनलाई निलम्बन गर्न समेत सिफारिस गरिएको थियो ।

ललितपुर प्रहरीले अनुसन्धान गरिरहेका बेला प्रहरी प्रधान कार्यालय, नक्सालले समेत यो मामलामा जाँच गर्न एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति बनाएको थियो । ललितपुर प्रहरीका अधिकृतहरुका अनुसार, उनले शंकास्पद गिरोहसँग मिलेर ३० लाख रुपैयाँ असुली गरेको अरोप रहेको छ ।

प्रहरीका अनुसार, शाही नेतृत्वको प्रहरी टोलीले ७ असोजमा एक जना व्यवसायीलाई शान्ति सुरक्षा असर पुर्‍याएको कसुरमा पक्राउ गरेको थियो । पछि बलात्कार मुद्दामा फसाइदिने भन्दै लेनदेन गरेको आरोप उनीमाथि छ । उनले त्यो रकम आफन्तको नाममा रहेको खातामा हाल्न लगाएको आरोप छ ।

प्रहरीले यो घटनामा मुछिएका शाहीका सवारी चालक समेत रहेका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापालाई पक्राउ गरिसकेको छ ।

प्रकरणमा मुछिएका थप केही व्यक्ति समेत फरार रहेको बताइएको छ । शाही जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत् रहँदा समेत विवादमा मुछिएकी थिइन् ।

०८० सालको माघ महिनामा एक जना प्रहरी जवान राजेन्द्र नाथले एउटा भिडियो सार्वजनिक गर्दै शाहीले दिएको यातनाका कारण आफू जागिर छाड्न बाध्य भएको बताएका थिए । शाही त्यसबेला जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा मुद्दा शाखामा कार्यरत् थिइन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -