– प्रशान्त महासागर
सरकार अब हामी के गर्ने ? सि जिनपिङलाई के भन्ने ? सरकारको समर्थक मान्ने कि विरोधी ? दलहरुलाई भन्दा बढि प्राथमिकता राजा ज्ञानेन्द्र विरविक्रक शाह ज्युलाई दिएर जानु भयो भने ज्ञान बहादुर शाही जो भ्रष्टाचार विरोधी अभियन्ता उसको समर्थनमा आफ्नो बोली बोलेर जानु भयो । र एउटा सत्य कुरा त यो पनि भयो कि नेपाल भ्रमणमा आउनु भएको उहाँले नेपाल के हो कहाँ देखि कहाँसम्मको भू–भाग नेपाल हो त्यसको हेक्का अनुभव समेत गर्न पाउनु भएन् । आउनु र जानुमै नेपालीहरुको विशेष गरि काठमाण्डौं वासीहरुको समय बर्वाद पारेर जानु भयो । अनुदान दिएको पनि यकिन कति भन्ने प्रचारहरु फरक फरक तथा आश्वासनहरु अनेक मिडियाले अनेक तरिकाले पस्केको जस्तो भान हुने तरिकाले समाचारहरु सम्प्रेषण हुनु आदिले भोलीका दिनहरुमा हामी नेपालीहरुको भविष्य कस्तो हुने हुन् सोच्नु पो पर्ने हो कि…यो मलाई दु:ख दिई रहेका केही कुराहरु हुन् । अर्को सुझावकै रुपमा कम्युनिष्टहरु कस्तो हुनुपर्छ भन्ने सोच राख्ने हो भने उहाँकै जीवन प्रयाप्त छ जुन हामीले गहिरिएर पढ्नु भन्दा नि साधारण आचरण विचारले विमर्श गरे पुग्छ कि अब हामीले भ्रष्टाचार कहाँसम्म कति सहने वा व्यहोर्ने हो ? अबका दिनहरुमा पनि सरकारले यस तर्फ आफ्ना विचारहरु विमर्शमा नराख्ने हो भने सरकार केवल उखान टुक्काकै रुपमा परिचित हुनु सिवाय जनताले कुनै अनुभूति गर्न पाउने छैनौं । यस्तैमा अर्को कुरा हाल बजारमा चर्चा आउन नसकेको कुरा या भनौं जनता लगायत कार्यकर्ताले पत्याउन नसकेको कुरा प्रधानमन्त्रीको सबै सम्पत्ति राष्ट्रमा समर्पित गर्ने हल्ला जुन टुक्का झै लाग्छ । विश्वासको आधार कतै नभएको एक प्रकारको वायु जस्मा आयु छैन् सबैलाई थाहा छ । तर पनि सिमित केही तत्वहरुको लहलहैले फैलिन खोजेको त्यति हावा नलागेकै कारण जिवन्त हुन सकेन् । यसमा धेरै कारण मध्येको एक कारण कम्युनिष्टहरु निजी सम्पत्तिका लोभी हुनुहुन्न : सि जिनपिङकै भनाईले पुष्टि गर्छ । अर्को १४ वर्ष जेल बसेको प्रधानमन्त्रीसँग अकुट सम्पत्ति कहाँबाट आयो ? उपचार खर्च कहाँबाट जुटाउँदैछन् ? यस्ता अनेक प्रश्नहरु छन् जसको कारण र कारक मात्र खोज्ने हो भनेपनि नेपालीहरु ठाउँको ठाउँ ढल्ने छन् । हुन त ती सबै भूतकालका कुराहरु हुन् ।
अब हामीले वर्तमान परिवेशका कुराहरुलाई बढि महत्व र पुण्यको रुपमा लिनुपर्छ जस्तो महसुस म गर्दछु साथै सरकारलाई सल्लाहको रुपमा सि जिनपिङको कुराहरु लिन आग्रह पनि गर्दछु । हुन त यसमा मेरो हैसियत शुन्य होला त्यो मान्छु । तर नेपालीहरुको जीवन उकास्न भनी दिएका राहतहरु प्रयोगको सन्दर्भमा गम्भीर अब पनि सरकार हुन सकेनन् भने २३ वर्ष पछि आएको वरदान नेपालको लागि अभिश्राप बाहेक अरु हुने छैन् ।
कम्युनिष्ट भईकन तछाडमछाडको जुन होडवाजीमा राजनीतिलाई पेशाको रुपमा ग्रहण गरे या भनौं व्यापार ठान्दै लगानीका स्रोतहरु खोज्ने र प्रयोग गर्नेहरु कुराहरु भए, हुँदैछन् त्यो ज्ञान बहादुर शाहीले भने झै त्याग गर्नै पर्छ । ज्ञान बहादुर शाहीको साथमा सि जिनपिङ देखिए, उसले जस्तै उहाँले बोल्नु भयो । अब पनि उहाँ कुरालाई पनि राजावादी भन्दै मान्दै आफ्ना गल्तीहरुबाट सचेत नहुने व्यवहारहरु भई रहन्छन् गरिरहन्छन् भने त्यो दिन टाढा छैन् जहाँ कुनै बेला नेपालमा पनि कम्युनिष्टहरु थिए भन्ने कथाहरु मञ्चन या भनौं प्रस्तुतका विषयका रुपमा शेष मात्र हुनेछन् । यसमा दोष व्यवस्थाको होईन् व्यवहारको हुनेछ । मनुष्यको नियतले विनाश निम्त्याएको यथार्थता बाहेक अरु कुनै सत्यतथ्य हुनेछैन् । र एउटा सत्यकै रुपमा लिने हो भने भ्रमण भनी सि जिनपिङ नेपाल आएकै होईन् ।
भविष्यको कुरा हुन त सचेत नभए हामी चीनकै दासत्वकै रुपमा पनि जीवन निर्वाह गर्न वाध्य हुनुपर्नेछ किनभने हामीले पुलको भूमिका निभाउनुपर्छ बिर्सेका छौं भने भिखबाट मात्र सम्पन्न हुने सोच बनाएका छौं जसको कारण भ्रष्टाचार होस् मतलब छैन् । अनियम होस् मतलब छैन् । समाजवाद कुरा मात्र होस् मतलब छैन् । आदि यस्ता अनेक व्यवहारले हामी हिजो देखि नै आज गणतन्त्रसम्म पनि भिखारीकै रुपमा छौं । यो गलत आचरण विचार हो । यो सि जिनपिङले राजा ज्ञानेन्द्र विरविक्रम शाह ज्युलाई मुख्य प्राथमिकतामा राख्नुको मुख्य कारण भनेकै नेपालमा नेता भ्रष्ट छन् भन्न नचाहेर पनि भनेका हुन् भने राष्ट्रपतिले आफ्नै देशमा आफ्नै प्रतिपक्षकै बोली र व्यवहार बुझ्दैनन् भने मेरो त झन भाषा र व्यवहार बिल्कुलै बेग्लै, अर्कै छ भन्न मात्र नेपाल छिरेको अर्थलाई भ्रमण भन्नु हाम्रो गलत सोचाई हो ।
विचार होस् यसबाट आउने परिणाम त्यो सुनामी हुनसक्छ । र सुनामी भन्ना साथ हामी कहाँ समुन्द्र छैन् कहाँबाट आउँछ सोच्नु पुन: हाम्रै गल्ती हुनेछ । साथै सानो हेक्काको रुपमा लिनु पर्दा कृतिम सूर्य चीनले नै बनाउँदै छ, समुन्द्र बनाउनु कुन ठूलो कुरा हो र ? र बुद्ध नेपालमै जन्मेको हो सि जिनपिङले भन्नुको अर्थ म पनि शान्ति चाहन्छु यदि तिमीहरु कम्युनिष्ट बनी शान्तिकै बाटो हिडि भ्रष्टाचार त्याग्छौं भने…मात्र भनेका हुन् । विचार होस् ।
(क्राइम चेक साप्ताहिकमा २०७६ असोज ३० गते प्रकाशित)