२०८३ बैशाख २३ गते, बुधबार १९:०४

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दारको मृत्यु

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ ।मृत्यु हुनेमा बेलबारी नगरपालिका-८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्का रहेका छन् ।

प्रहरीका अनुसार बुधबार राति विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा उनी सवार बा. प्र. ०२-०४३ प ७७१६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।रानीबाट कञ्चनबारीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई प्रहरीले उपचारका लागि विराट नर्सिङ होम पुर्‍याएको थियो ।उपचारकै क्रममा आज बिहान खड्काको मृत्यु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM