२०८२ मंसिर २४ गते, बुधबार १९:५२

मन्त्रालय हल्लाउने घरेलुका अधिकृत

सर्लाही/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्पष्ट सरुवा आदेश हुँदाहुँदै पनि घरेलु तथा साना उद्योग कार्यालय, मलंगवा सर्लाहीका प्रमुख (शाखा अधिकृत) सन्जीप कुमार दुवे हालसम्म खटाइएको कार्यालयमा हाजिर नगएपछि सुशासन, संघीयता र कर्मचारी प्रशासनको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ।

मन्त्रालयले गत भदौ १२ गते दुवेलाई पाल्हीनन्दन गाउँपालिका, नवलपरासी सरुवा गरेको सूचना जारी गरेको थियो। त्यसपछि रमाना च.नं. ४५१ (२०८२/५/३१) तथा ताकेता पत्र च.नं. ५४६ (२०८२/६/२१) मार्फत पुनः कार्यस्थलमा उपस्थित हुन निर्देशन दिइए पनि उनी हालसम्म सरुवा स्थलमा पुगेका छैनन्। बरु, उनी मधेश प्रदेश सरकार अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय, मलंगवामै बसेर काम गरिरहेको स्रोतहरू बताउँछन्।

संघमा समायोजन भएका दुवे प्रदेश सरकार स्थापनाकालदेखि नै विभिन्न चलखेल, दबाब र प्रभाव प्रयोग गर्दै प्रदेशकै कार्यालयमा कार्यरत रहँदै आएको आरोप छ। यसले प्रदेशमा समायोजन भएका अन्य कर्मचारीको मनोबल कमजोर बनाएको, कार्यसञ्चालनमा अव्यवस्था बढाएको र संघीय शासन संरचनामै प्रश्न उठाएको कर्मचारीहरू बताउँछन्। “यदि प्रदेशमै बस्नुपर्ने हो भने प्रदेशमै समायोजन हुनुपर्ने हो,” एक कर्मचारी स्रोत भन्छ, “संघमा समायोजन भएर पनि कार्यस्थल छान्ने अटेरी संघीयताको मर्मविपरीत छ।”

दुवेमाथि स्थानीय तहमा आर्थिक चलखेल, अनैतिक गतिविधि र सेवाग्राहीसँग भ्रष्टाचार गर्ने गम्भीर आरोप पनि छ। सेवाग्राहीहरूले लामो समयदेखि उठाउँदै आएको जनगुनासोअनुसार, उनीको व्यवहार र गतिविधिले कार्यालयको विश्वासमै ठूलो खलल पुगेको छ। यस्ता क्रियाकलापले जनताले सुशासनका नाममा उठाइरहेको जेनजी आन्दोलन को उद्देश्य र अपेक्षामा प्रत्यक्ष घाउ पुर्‍याएको सरोकारवालाहरू बताउँछन्।

संघीय सरकार मातहत खटाइएका कर्मचारीले कार्यस्थलमा अनिवार्य रूपमा हाजिर हुनैपर्ने कानुनी व्यवस्था छ। तर मन्त्रालयले पटक–पटक ताकेता दिए पनि आदेशअनुपालन गराउन नसक्नु सरकारकै कमजोरीको प्रत्यक्ष संकेत भएको स्थानीय बुद्धिजीवीहरूको टिप्पणी छ। उनीहरूको भनाइ छ, “कानुन सबैका लागि समान हुनुपर्छ। सरुवा आदेश पालना गराउन नसक्नु सुशासनमा सरकारकै प्रतिबद्धता कति कमजोर छ भन्ने प्रमाण हो।”

सरुवा आदेश उल्लंघन, आरोपित अनियमितता र संघीयता-सुशासनमाथि परेको प्रश्नबीच पनि सम्बन्धित निकाय मौन बसेको देखिन्छ। अब मुख्य प्रश्न यही हो-व्यवस्थाले कर्मचारी चलाउँछ कि कर्मचारीले नै व्यवस्था?

अधिकृत दुबेको सरुवा आदेश
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रमाना आदेश

 

मन्त्रालयको ताकेता पत्र

 

 

 

(यसअघि भुलबस अर्कै फोटो राख्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ।)

 

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM