२०८२ माघ १२ गते, सोमबार १५:५६

शारदीय नवरात्रः महत्त्व र अराधना विधि

– ज्यो. कृष्णकान्त शास्त्री
शारदीय नवरात्र सौर्यमास अनुसार २०८१ आश्विन १७ गते विहिवार देखि २६ गते शनिबारसम्म र चान्द्रमास अनुसार आश्विन शुक्लपक्षमा प्रतिपदा देखि नवमीसम्म मनाउने नवरात्रमा कुन-कुन दिन कुन कुन रुपको पुजा गर्ने र कस्तो प्रसाद चढाउने अनि कुन कुन कामनाको लागि पुजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा बताइएको छ। यसवर्ष भगवतीको आगमन डोलामा हुने भएकोले फल मृत्यु तुल्य कष्ट हुनेछ भने भगवतीको गमन चरणायुद्धमा भएकोले व्याग्रता, व्याकुलता हुनेछ। सावधानीपूर्वक विधि अनुरुप विभिन्न रुपको पुजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने धर्म शास्त्रमा बताइएको छ ।”
यं यं चिन्तयते कामं तं तं प्राप्नोती निश्चितम् ” ।
अर्थात् जुन कामनाको लागि भगवतीको पुजा आराधना गरिन्छ ती सबै कामना सिद्ध हुने कुरा दुर्गा सप्तशतिको देव्या कवचमा भनिएको छ ।
शारदीय नवरात्रमा शुक्ल प्रतिपदा देखि दशमी तिथि सम्म मनाइन्छ। शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धीदात्री गरेर नवदुर्गाको क्रमश: पूजा गर्ने गरिन्छ । विशेष गरेर महाकाली, महालक्ष्मी, महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ। पूजा गर्दा नौ दिनसम्म कुन कुन दिन कसको र के के सामाग्री अर्पण गरि पूजा आराधना गर्ने भन्ने कुराको विशेष ख्याल राख्नु पर्दछ । वैदिक विधिपुर्वक सुर्यादिपञ्चदेवता, विष्णु, स्वस्तिवाचन, संकल्प, कलशस्थापन, इन्द्रादिदशदिकपाल, नवग्रहको पुजन गरेर अन्त्यमा सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वतीको आवाहन पुजन हुने गर्दछ यसरी पुजन पश्चात् सप्तधान्य छर्नु पर्दछ । भगवती दुर्गाको विभिन्न मन्त्रद्वारा आवाहन पुजन गरी दुर्गा सप्तशतीको पाठ पारायण गर्नु पर्दछ ।
१. घटस्थापना – घटस्थापना नवरात्रको पहिलो दिन पर्छ। यस दिन शैलपुत्रीको देवीको पूजा आराधना गरिन्छ । पूजाकोठामा धान वा जौ आदि अन्नको बिज छरेर घटस्थापना गरिन्छ । यसलाई सप्तधान्य पनि भनिन्छ । घटस्थापनाको उत्तम साइत विश्वविद्यालय पन्चाङ्ग अनुसार विहान ०९ः१६ देखि ०३ः१२ दिउँसो सम्म रहेको छ।
२. ब्रम्हचारिणी – द्वितीया तिथिको दिन ब्रम्हचारिणी देवीको पूजा गरिन्छ। कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनको लागि सक्खर चढाइ ब्रम्हचारिणी माताको पूजा आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुन्छ।
३. चन्द्रघण्टा – तेस्रो दिनमा चन्द्रघण्टाको पुजा आराधना गरिन्छ । दु:ख कष्ट मुक्तिका लागि गाईको दुधबाट बनाइएको विभिन्न परिकारका प्रसाद भोग लगाउने तथा दान गरेर माता चन्द्रघण्टाको पूजा गरेमा माताको आशिर्वाद हामीमाथि सधैंभरि रहन्छ।
४. कुष्माण्डा – चतुर्थी तिथिका दिन माता कुष्माण्डाको पूजा आराधना गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ र साथै कुनै पनि प्रकारको वाणीमा दोष छ भन्ने उक्त तिथिमा मालपुवा अर्पण गरि पूजा गरेमा मालपुवा दान गरेमा शुभ हुनेछ ।
५. स्कन्धमाता- पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा आराधना गरिन्छ।स्कन्धमाताको पुजा गरेमा व्यापार व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधामा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुनेछ।यस दिनमा केराको भोग लगाएर पुजा आराधना गरेमा सफलता मिल्ने बताइएको छ ।
६.कात्यायनी – षष्ठी तिथिका दिन कात्यायनी माताको पुजा गरिन्छ।आकर्षण सुन्दरताका साथ मनले चाहेका व्यक्ति प्राप्तिको लागि नवरात्रीको छैठो दिन पुजा गरिन्छ । यदि घरमा कुनै अविवाहित हुनुहुन्छ भन्ने विवाहमा बाधा अवरोध नहुनको लागि कात्यायनी माताको पुजा गर्ने धर्मशास्त्रमा उल्लेख गरिएको छ । मह चढाएर कात्यायनी माताको पूजा आराधना गरेमा कार्यसिद्धी हुन्छ।
७.कालरात्री- सप्तमी तिथिको दिन कालरात्रीको पुजा गरिन्छ । घरमा फूलपाती भित्र्याउने चलन छ । कुनै पनि प्रकारको मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकारा पाउनको लागि सप्तमी तिथिका दिन कालरात्री भगवतीको पूजा आराधना गरेमा सम्पूर्ण कष्ट नाश हुनेछ । कुनै पनि आकस्मिक विपत्तिबाट छुटकारा पाउनको लागि सख्खर चढाएर पूजा आराधना गरेमा बाधा अड्चन नआउने शास्त्रमा भनिएको छ ।
८.महागौरी – अष्टमी तिथिको दिन महागौरी भगवतीको पूजा आराधना गरिन्छ । यस दिन पूजा आराधना गरेमा सन्तान सुख मिल्ने शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्त हुने कुरा बताइएको छ ।
९. सिद्धिदात्री – नवमी तिथिको दिन सिद्धिदात्रीको पुजा आराधना गर्ने गरिन्छ। सिद्धिदात्री भगवतीलाई घ्यू चढाएर पूजा आराधना गरेमा अकाल मृत्युबाट बच्ने र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपर्ने शास्त्रमा उल्लेख गरिएको छ र नवमीको दिन नै हवन गर्नुपर्छ।
१०. विजय दशमी – सप्तधान्य (जमरा, जयन्ती) क्रमशः बढ्दै जति राम्रा हुन्छन् त्यति भगवती प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । सप्तधान्य अन्कुर देवी दुर्गाको अत्यन्तै प्रिय भएकाले सप्तधान्य रोपण गरि दुर्गा देवीलाई चढाएर दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेलो जमरा ग्रहण गरिन्छ।

यसवर्षको शारदीय नवरात्रको विजया दशमी अर्थात् टीका आश्विन २६ गते शनिबार परेको छ । यसदिन कामेश्वर सिंह संस्कृत विश्वविद्यालयद्वारा निर्मित विश्वविद्यालय पन्चाङ्ग अनुसार बिहान ०६ः१४ मिनेटमा सुर्योदय हुनेछ भन्ने सुर्यास्त बेलुका ०५-४६ मिनेटमा हुनेछ । सूर्योदय देखि सुर्यास्त सम्मको समयावधिमा उत्तम वारवेलालाई सूर्योदय र सुर्यास्त आधार मानेर टिकाको शुभ साइत निर्धारण गरिएको छ।
Gmail- Kjha23491@gmail.com

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 beb88 djarum4d rajamania beb88 sritoto
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM