वीरगंज/नयाँ लियो क्लब वीरगन्ज संस्कृति गोल्डको १२ देखि १८ वर्षका बालिकाहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
विन्दवासिनी होटल एण्ड पार्टी प्यालेस, वीरगजको प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, बिएचयू लायन्स मल्टिपल काउन्सिलका अध्यक्ष डा. रमेश अग्रवालले समाज सेवामा अग्रसर हुने युवतीहरुलाई बधाई दिँदै आगामी कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो।
महिला लायन्स क्लब वीरगंज संस्कृति गोल्डकी अध्यक्ष ऋतिका जैसवालको अध्यक्षतामा भएको सो कार्यक्रममा लियो क्लबका नवनिर्वाचित अध्यक्ष रौनक जैसवालको नेतृत्वलाई लायन डा. रमेश अग्रवालले उत्साह बढाउँदै र बालशक्तिलाई मार्गदर्शन गर्दै समाजसेवामा लाग्न अभिप्रेरित गरेका थिए।
नेतृत्व, अवसर, अनुभव र उद्देश्यलाई प्रोत्साहन गर्दै डेपुटी डिस्ट्रिक्ट गभर्नर आरबी पाण्डे, लायन्स क्लब वीरगंज महानगरपालिकाका अध्यक्ष अशोक बेरीवाल, क्षेत्रीय संयोजक श्याम गुप्ता, बासु तिमिल्सिना, नरोत्तम पाण्डेले शुभकामना दिएका थिए।
वीरगज महानगर क्षेत्रमा पहिलो पटक अल्फा लियो क्लबको योजना लागु भएको जनाईएको छ।
कार्यक्रममा अध्यक्ष लियो रौनक जैसवाल, सचिव कृष्ण बजाज, कोषाध्यक्ष आदित्य सबल्का, शुभ, आदित्य अग्रवाल, फवाद, आर्षु, तेजस, पृथ्वी, आरुषिलगायतलाई हुने विरुवाको चिल्लो पातको संज्ञा दिई प्रोत्साहित गरिएको थियो।
समाजसेवामा समर्पित लायन अध्यक्ष ऋतिक जैसवालका छोरा रौनक र सबै बालबालिकामा जोश, खुशी र उमंग देखिएको थियो।
कार्यक्रमको संचालन जोन अध्यक्ष आयुष अग्रवालले गर्नुभएको थियो ।
















