२०८३ जेष्ठ १ गते, शुक्रबार २१:१७

लायन्स क्लबद्वारा निःशुल्क दन्त परीक्षण शिविर

वीरगंज/ लायन्स क्लबले वीरगंजस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क दन्त परीक्षण शिविरको आयोजना गरेको छ।

लायन्स क्लब अफ वीरगंजले वीरगंज आँखा तथा दाँत अस्पतालको सहयोगमा नगवास्थित सो विद्यालयमा दन्त परीक्षण शिविरको आयोजना गरिएको क्लबका अध्यक्ष लायन सुनिल गुप्ताले बताउनु भयो।

वीरगंज आँखा अस्पतालका दन्त चिकित्सक डा. अजय कुमार अस्थानाले विद्यालयका २५२ जना विद्यार्थीहरूको दाँत चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा दाँतमा समस्या देखिएका केहि विद्यार्थीलाई अस्पतालले ५०% छुटमा उपचार गरिदिने व्यवस्था गरिएको क्लबका अध्यक्ष गुप्ताले बताउनु भयो।

सो शिविरमा क्लबका सचिव दीपेन्द्र प्रसाद यादव, सदस्य विजय कुमार गुप्ता, गोविन्द प्रसाद कानु, लियो क्लबका कुनाल गुप्ता, सचिन गुप्ता, कुशल गुप्ता, स्कूलका शिक्षक शिक्षिका, अस्पतालकी स्वास्थ्यकर्मी सोनम तिवारीलगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रममा क्लबले विद्यालयका विद्यार्थीहरूलाई दाँत माझ्ने ब्रश पनि वितरण गरेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM