२०८३ जेष्ठ १ गते, शुक्रबार १२:५३

लगानी सहजीकरण सम्बन्धी विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणीकरण

काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण भएको बताएकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM