२०८३ बैशाख ७ गते, सोमबार २३:०२

अछामा पहिरोले सड़क अवरुद्ध

अछाम / पहिरोका कारण सड़क अवरुद्ध भएको खबर प्राप्त भएको छ।

जिल्लाको साँफेबगर नपा-१३ बुढ़ाबग साँफे-मार्तडी हाईवे सडक खण्डमा सडक माथिबाट पहिरो खस्न गई अं. १० मिटर सडकमा ढुङ्गा माटो जम्मा हुन गई सडक अवरोध भएको जिल्ला प्रहरी कार्यलय अछामले जानाएको छ।

सो स्थानमा शनिवार विहान ८:५० मा पहिरो खसी बाटो अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ तत्काल प्र.स.नि. बहादुर सिंह धामीको कमाण्डमा दुई जनाको टोली खटी उक्त स्थानमा आउने र जाने गाडी जाममा परेका सडक सुचारु गराउन सडक डिभिजन कार्यालय साँफेबगरसँग पहल भइरहेको जिप्रका अछामले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM