Tuesday, November 26, 2024
घरपत्रपत्रिकाकुन “बार” जन्मेका व्यक्तिको स्वभाव कस्तो ? जानिराखौं

कुन “बार” जन्मेका व्यक्तिको स्वभाव कस्तो ? जानिराखौं

मानिसको जन्म कुन बार र कति बेला भएको हो उक्त साइतले स्वभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको चरित्र कस्तो हुन्छ थाहा पाउनुहोस्।

१. आइतबार : आइतबार जन्मिएका व्यक्तिहरु भाग्यमानी हुन्छन् । यस्ता मानिसहरुको आयु पनि निक्कै लामो हुन्छ। समाज, परिवार र साथी भाईहरुबाट सम्मान प्राप्त हुन्छ। यी व्यक्तिहरुमा धर्म प्रति निक्कै धेरै रुचि हुन्छ । आइतबार जन्मिनेहरु सबैलाई खुशी राख्छन् । यिनीहरू निकै संघर्षशील हुन्छन् र त्यागी पनि…!

आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । तपाई अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । तपाई निकै संवेदनशीलल हुने भएका कारण कसैले भनको कुरालाई धेरै दिनसम्म लिइरहनु हुन्छ तपाईको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।

तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुत्तामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ । तपाई कनै पनि कुरामा सम्झौता गर्नुहुन्न । तपाई सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।

२. सोमबार : सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ । तपाई मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।तपाई निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ । तपाईलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।

सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् । सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।तपाई आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।

३. मंगलबार : मंगलबार जन्मेका व्यक्तिहरु उग्र स्वभावका हुन्छन। यो दिन जन्मेका व्यक्तिहरु प्राय विवादमा फंसी रहन्छन्। यी ब्यक्तिहरु निक्कै सहासी, बहादुर र रचनात्मक पनि हुन्छन्। यो बार जन्म भएका कुशल नेता पनि हुन्छन। मंगलबार जन्मेकाहरु प्राय तनाव पनि महसुस गर्छन र यी व्यक्तिहरुलाई छाला रोग पनि हुन सक्छ।

यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् । उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो।

४. बुधबार : बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । तपाईको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ । तपाई सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।

तपाईलाई नयाँ-नयाँ कुराहरु जान्न निकै मन लाग्छ तपाईको कुरा गर्ने तरिका निकै प्रभावशाली छ । तपाईहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ।

तपाईहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ । तपाईको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ । तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।

५. बिहिबार : बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । तपाई मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ । तपाई सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ । तपाईको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाई जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ । तपाई निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।

स्वतन्त्रता तपाईलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न । तपाई चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ । तपाईको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । तपाई स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ । बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् ।

६. शुक्रबार : शुक्रबार जन्मेका व्यक्ति धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ । तपाईलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । तपाई मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ । तपाई निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।यदि तपाई पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।

तपाई आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।तपाईका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम । तपाईलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ । तपाईको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।

७. शनिबार : शनिवार जन्मिनेहरू असत्य बोलेको पटक्कै सहन नसक्ने, निश्चित उद्देश्य राख्ने, अत्यन्त आत्माविश्वास हुने, भविष्यका लागि आर्थिक स्थिरता चाहने, विगत देखि नपछुताई सकारात्मक सोच राख्ने, प्राय: दृढ र शान्त रहने, इमान्दारिताप्रति संवेदनशील सीधा र स्पष्ट धारणा राख्ने, केन्द्रीकृत हुने, उद्देश्यअनुसार समय-समयमा फरक हुने, अगुवाइ गर्न चाहने विस्तृतमा हेर्न सक्ने धैर्यता र सवलता, जीवनको लक्ष्यमा निहित काम अर्थहिन लागेमा सजिलै त्याग्ने…!

शनिबार जन्मेका व्यक्ति हरेक कुरामा परफेक्ट हुनुहुन्छ । तपाई हाइ क्लास वस्तुहरु मन पराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । तपाई हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । तपाईको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।

तपाई पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न।तपाईलाई संगीत र खेलमा रुची हुन्छ । तपाईलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । राम्रो कुरामा तपाईंको जिद्दी स्वाभाव हुन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -