२०८३ जेष्ठ २ गते, शनिबार ०५:१२

चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ

काठमाडौं । चलचित्र निर्देशक तथा कलाकार सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको कमलपोखरी क्षेत्रबाट आज थापालाई पक्राउ गरिएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए।

आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।

आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद-२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएको बुझिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM