मोरङ/ प्रहरीले गोली प्रहार गरी एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको खबर प्राप्त हुन आएको छ।
प्राप्त खबर अनुसार मोरङ रतुवामाई नगरपालिका-६ स्थित कादुपाडामा प्रहरीले लागुऔषध कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न खाेदा दुई राउण्ड गोली चलाउनु परेको हो।
प्रहरीको गोली चलाउँदा एक भारतीय नागरिकलाई दाहिने खुट्टामा दुई राउन्ड गाेली लागेकाे प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट भारत किसनगंज धावा टाेल घर भएका ३४ वर्षीय भागिरथ हरिजनको खुट्टाको हड्डि भाँच्चिएर उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।
भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको र हरिजनको अहिले उर्लाबारी स्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यद्यपि भारतीय स्रोतका अनुसार भारतको किशनगञ्ज घर भनेता पनि निजकाे घर अन्यत्र भएको हुन सक्ने र निजकाे आधारकाड समेत नक्कली भएको हुन सक्ने स्राेतले जनाएको छ।