२०८३ बैशाख ३१ गते, बिहीबार ०१:५५

८० लाख लुटेको आरोपमा दुई जना पक्राउ

धनुषा। जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनामा सहकारी कर्मचारीलाई पेस्तोल देखाएर रु ८० लाख लुटेको घटनामा संलग्न रहेको आरोपमा जनक महतो र श्रवण कापरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

प्रमुख तिवारीका अनुसार उनीहरूको साथबाट रु १४ लाख ५३ हजार नगद बरामद गरिएको छ ।

धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका केही हतियारधारीले लुटेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM