२०८३ जेष्ठ ३ गते, आईतवार ०२:४२

नेपाल प्रहरीका १९ इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं/नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस भएको छ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले बढुवाको लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस भएकामा निर्मल पनेरु, ऋषिराम घर्तीमगर, दिपक मल्ल, धनबहादुर बोहोरा, जनार्दन घिमिरे, आयुशप्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन पौडेल योगेन्द्र तिमिल्सिना (उपाध्याय) छन् ।

यस्तै, पुरुषोत्तम कार्की, हीरेन्द्रबहादुर रोकाया, गुणराज बुढाथोकी, रामप्रसाद तिमल्सिना, भीषणबाबु राई, रुकबहादुर खड्का, रणबहादुुर चन्द, राजन लामा र कमलकुमार खड्काको नाम डिएसपी बढुवाको लागि सिफारिस भएको छ।

बढुवा समितिको सचिवालयले आज एक सूचना जारी गर्दै नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी नायव उपरीक्षक पद संस्था १९ मा बढुवा गर्न आज बढुवा समितिको बैठकले यी नाम सिफारिस गरेको जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM