Friday, May 17, 2024
घरक्राइम चेकअवैध काठसहित तीन जना पक्राउ

अवैध काठसहित तीन जना पक्राउ

जनकपुरधाम – सिरहा प्रहरीले अवैध काठसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पिकअप चालक सिरहाको कर्जन्हा नगरपालिका–३ बस्ने २९ वर्षीय जीवन साह, ३० वर्षीय जितेन्द्र मुखिया र १५ वर्षीय रामबृक्ष भन्ने विवेक महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

मंगलबार बिहान ४ बजे कर्जन्हा नगरपालिका–४ स्थित ईन्द्रजित महतोको गोदाम घरमा प्रदेश ३–०१–०२२ च ८६६८ नम्बरको पिकअपबाट अनलोड गरी रहेको अवस्थामा काठ बरामद गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए।

प्रहरीले फेन्टा ३६ थान, झ्याल ६ थान, बोल्डर २७ थान, काठको गुलिया १ थान गरी कुल ५ लाख बराबरको काठ तथा प्रदेश १–०२–०५२ प १७२४ नम्बरको मोटरसाइकल, स ११ प १७३५ नम्बरको मोटरसाइकल र प्रदेश ३–०१–०२२ च ८६६८ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बरामद गरिएको सालको काठ, गाडी र पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला डिभिजन वन कार्यालय लहान सिरहामा बुझाइएको प्रहरीले जनाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -