२०८३ असार २७ गते, शनिबार १२:१४

सेनेटरी प्याड खरिदमा मेयर उपमेयरसहित नौजनाद्वारा भ्रष्टाचार

काठमाण्डाै – सेनेटरी प्याड किन्दा झन्डै १४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन मेयर उदयकुमार यादवसहित नाै जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा रेजा ट्रेडिङ प्रालिसँग सम्झौता भएकोमा खरिद सम्झौता हुनुअघि नै भुक्तानी भएको, खरिद गर्ने प्याडको यकिन सङ्ख्या नै थाहा नभएको र खरिद भएका प्याडको सङ्ख्या पनि राम्रोसँग गन्ती नगरि भ्रष्टाचार गरेको भन्दै अख्तियारले नाै जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले शहीदनगरका तत्कालीन मेयर यादव, उपमेयर शिलादेवी यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादव, तत्कालीन लेखापाल लोकबहादुर नेपाली, जिन्सी शाखाका प्रमुख सुदीपकुमार भट्टराई, स्वास्थ्य संयोजक कपिलदेवप्रसाद अधिकारी, श्री माध्यामिक विद्यालयका तत्कालीन प्रधानध्यापक श्रीकृष्ण भिनवार, सब–इन्जिनियर सरोजकुमार महतो र रेजा ट्रेडिङका प्रोपराइटर तथा रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुरलाई प्रतिवादी बनाएको छ । सबैलाई १३ लाख ९३ हजार रुपैयाँका दरले बिगो तथा जरिबानाको माग गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM