२०८३ बैशाख ३१ गते, बिहीबार ०९:२०

किर्ते आरोप लागेका मठियानीका महन्थलाई सफाई

जलेश्वर/सरकारी छाप दस्तखत लिखत किर्ते आरोपमा पक्राउ परेका महोत्तरीको लक्ष्मीनारायण मठ मटिहानीका मान महन्थ जगन्नाथ दास वैष्णवले सफाइ पाएका छन्।

०७९ पुस ३ गते आफ्नै निवासबाट पक्राउ परेका मान महन्थविरुद्धको अभियोगमा दाबी नपुग्ने भन्दै जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले बुधबार सफाइ दिएको हो।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको नक्कली हस्ताक्षर गरी रोक्का रहेको खाता फुकुवा गरेको भनी प्रहरीले किर्ते कागज बनाएको आरोपमा उनलाई पक्राउ गरेको थियो।

पक्राउपछि पुर्पक्षका लागि कारागार चलान भएका तत्कालीन महन्थ वैष्णवमाथि रुपन्देहीस्थित मेगा बैंकमा रोक्का रहेको खाताको फुकुवा कागज बनाई खातामा रहेको ७० लाख ८२ हजार पाँच सय १० रुपैयाँ ३५ पैसा जनकपुरका श्रवण यादवको खातामा जम्मा गरेको देखिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो।

उनीसँगै सोही मुद्दामा जनकपुरधाम उपमहानगरपालिका– २५ का उपेन्द्रकुमार साह र धनुषाकै जनकनन्दनी गाउँपालिका– १ का सर्वन यादवलाई समेत आरोपी बनाइए पनि उनीहरू भने फरार थिए। नयाँ पत्रिकाबाट

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM