२०८३ बैशाख ३१ गते, बिहीबार १०:१२

सर्लाहीको पर्साबाट निर्वाध तस्करी, समाचार प्रकाशनपछि गाडीसहित सामान बरामद

सर्लाही/सर्लाहीको प्रहरी चौकी संग्रामपुर, त्रिभुवननगर, नारायणपुरलगायतका क्षेत्रबाट तस्करीको लाइन संचालन भएको खबर प्रकाशमा आएपछि सो क्षेत्रबाट तस्करी लाइन लिएर भन्सार राजश्व छलि अभियानमा संलग्न तस्कररूले गुनासो व्यक्त गरेका छन् ।

आफ्नो एरिया र रुटबाट सानो तिनो काम गर्दा समाचार लेखिदिने तर दैनिक ५० लाख रुपैयाँभन्दा बढीको राजश्व चुहावट हुने गरी तस्करी लाइन संचालन भइरहेको प्रहरी चौकी पर्साको कमाउ अभियान कसैले नदेख्ने ? भनेर प्रश्न गरेका छन् ।

तस्कर स्रोतबाट प्राप्त जानकारी अनुसार प्रहरी चौकी पर्साका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामकृपाल साहले आफ्नो क्षेत्रबाट तस्करी लाईन संचालन गर्न ईनर्वाका व्यापारी चन्दनलाई चिनी, रजनीगन्धा, गुल एवं भाङ जस्ता सामग्री भित्र्याउन लाइन दिएका छन् भने पर्साका व्यपारी चिनी र किराना आइटमको काम गर्न लाइन दिएका छन् । त्यस्तै पर्साकै सद्दाम मियाँलाई भने कुखुरा भित्र्याउन लाइन दिएका छन् । सर्लाहीकै कुख्यात तस्कर सन्तोष डिलरका सामान ढुवानी गर्न स्थानीय उमेशलाई लाइन दिएर दैनिक ५० लाख भन्दा बढीको राजश्व चुहावट गराउन सक्रिय छन् ।

यी तस्करहरूले सीमावर्ती सहोरवा, इन्दरवा, लालबनी दरबारबाट पर्सा नाका हुँदै अवैध रुपमा कपडा, मोटर पार्टस्, चिनी, खाद्यान्न, प्रतिबन्धित गुटखाहरू ल्याएर मलंगवा, हरिवन, लालबन्दी हुँदै देशको विभिन्न भागमा पठाउने गरेका छन् । कुखुरा तस्कर सद्दामले भारतबाट ल्याएको कुखुराको नेपाली कुखुरा फर्मको बिल बनाएर पठाउने गरेका छन् । सद्दामको कुखुरा फर्म सीमा क्षेत्रमै रहेको छ ।

भारतसँग सीमा जोडिएका सर्लाहीका विभिन्न नाकाबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार र बप्रनानि अरुण कुमार यादवको आशीर्वाद प्राप्त चौकी इन्चार्जहरूको संरक्षणमा तस्करी भइरहेको समाचार प्रकाशन भएपछि तस्करी नभएको देखाउन प्रहरीले नाटकीय रुपमा सामान बरामद गर्न थालेको छ ।

यसैबीच शनिवार प्रहरी चौकी पर्साले तस्करीका लाखौं मूल्य बराबरको कपडाका गाँठ, महंगा ज्याकेटलगायतका कपडा, मोबाइलका महंगा पार्टस्, चार्जर, इलेक्ट्रिक सामानसहित भारतीय नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाएको समाचार प्राप्त हुन आएको छ ।

तस्करीका ती सामान भारतीय OR-01J 2492 नम्बरको बोलेरोमा लोड गरेर राखेको अवस्थामा प्रहरी चौकी पर्साका इन्चार्ज प्रहरी सहायक निरीक्षक राम कृपाल साहले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाएका थिए । गाडीसँगै पक्राउ परेका तस्करका भरियालाई भने प्रसनि साहले मिलेमतोमा छोडिदिएको स्रोतले दाबी गरेको छ ।

शनिवार तस्करीका सामानसहित बरामद गरिएको बोलेरो गाडी

तस्करीका सामानसँगै बोलेर पक्राउ हुनुले पनि सो क्षेत्रबाट तस्करी संचालन भईरहेको प्रमाणित हुन आउँछ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM