२०८३ असार १९ गते, शुक्रबार २१:२१

नेम्वाङको निधनप्रति नेकपा समाजवादी पर्साद्वारा शोक व्यक्त

वीरगंज/ नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष, संविधानसभाका अध्यक्ष, प्रतिनिधिसभा सदस्य एवम् पूर्व सभामुख सुवाषचन्द्र नेम्वाङको मंगलबार विहान भएको निधन प्रति नेपाल कम्युनिस्ट पार्टी समाजवादी जिल्ला कार्य समिति पर्साले शोक व्यक्त गरेको छ।

पार्टीका पर्सा जिल्ला अध्यक्ष बाल गोपाल थापाले बिहिवार एक शोक वक्तव्य जारी गर्नु हुँदै “नेम्वाङको दुःखद निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन दुःख र पीडामा छ । यस दुःखद घटनाबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्सा स्तब्ध एवं मर्माहत भएको छ ।” भनेर उल्लेख गर्नु भएको छ।

उक्त शोक वक्तव्यमा अगाडी भनिएको छ, “वहाँको निधनबाट नेपाल कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनको साथै समग्र राष्ट्रकै लागि अपूरणीय क्षति पुगेको छ । समाजवाद उन्मुख संविधान निर्माणमा वहाँले गर्नु भएको योगदान प्रति उच्च सम्मान गर्दै सम्पूर्ण पर्सा पार्टी पंक्तिको तर्फबाट हामी क. सुवासचन्द्र नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछौं र परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौ ।”

प्रतिक्रिया लेख्नुहोस्

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

नमूना विद्यालय भवन निर्माणमा भ्रष्टाचार आरोप : राजपुर नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । रौतहटको राजपुर नगरपालिकास्थित एक नमूना विद्यालयको भवन निर्माणमा

Live

Listen Live FM