Thursday, November 28, 2024
घरसमाचारराजनीतिराष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार

राष्ट्रपतिले शीतल निवासमा बोलाएको सर्वदलीय बैठक सुरु, एमालेद्वारा बहिष्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठक जारी छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दलहरू सहभागी छन् । राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमालेले बताएको छ ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । उनले प्रधानमन्त्री, केही दलका नेता तथा सभामुख र राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल गरेका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -