काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल संगठन भित्रको भ्रष्टाचार नियन्त्रण अभियानमा छन् । प्रशासन बिभागका एआइजिपी नारायण दत्त पौडेल र प्रबन्ध महाशाखाका एसएसपी दिपेन्द्र कुंवर संगठन भित्र को खरिद पारदर्शी होस र खरिद गरिएको सामान राम्रो र गुणस्तर होस् अनि आवोस भन्ने अभियानमा छन् तर पनि कसको दबाब र इच्छामा फेरि सशस्त्र प्रहरीमा खरिद गरिने सामानमा ठूलो चलखेल भैरहेको छ भन्ने प्रश्न भने गम्भीर रूपमा उठेको छ ।
अहिले सामान खरिदको प्रक्रियामा सशस्त्र प्रहरी रहेको छ । आगामी भदौ १२ गते सशस्त्र प्रहरीको टेण्डर फारम भर्ने अन्तिम र खोल्ने दिन हो । त्यसमा स्मार्ट क्याजुयल ज्याकेटमा भने ठूलो चलखेल भैरहेको छ । एक हजार पर्ने ज्याकेटको नमूना राखेर ४ हजार २०० सय बजेट राखेर यो ज्याकेटको टेण्डर निकालिएको छ । जुन नमूना राखिएको छ टेण्डरमा उक्त ज्याकेट अहिले बजारमा किन्न जाने हो भन ेपनि हजार रूपैयाँ पर्छ तर ४ हजार २०० सय बजेट राखेर टेण्डर निकाल्नुको पछाडि कुनै निश्चित व्यक्ति वा ठेकेदारलाई उक्त ठेक्का दिने हिसाबले उक्त ठूलो चलखेल भैरहेको सशस्त्र मुख्यालयका कार्यरत एक एसएसपीले जानकारी दिए । आखिर यो ठेक्का कसलाई दिनलाई यति ठूलो चलखेल भयो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ । १ हजार ६०० सय ज्याकेटको टेण्डर गरिएको छ । ६ ७२ ०००० लाख बजेट राखेर टेण्डर गरिएकोमा लागत भने १६ लाख मात्रै देखिन्छ । यसरी हेर्दा ५१२०००० लाखको चलखेल भएको देखिन्छ । जुन कुरा ठूलो भ्रष्टाचारको संकेत हो । यस बिषयमा महानिरीक्षक राजु अर्यालले समयमा नै ध्यान दिनु जरुरी छ ।