Friday, November 29, 2024
घरपत्रपत्रिकासिके राउत उद्योग मन्त्री बन्दै, मन्त्री रिजाल सरुवा हुने की बाहिरिने ?

सिके राउत उद्योग मन्त्री बन्दै, मन्त्री रिजाल सरुवा हुने की बाहिरिने ?

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल अहिले आफैं उक्त मन्त्रालयमा बस्ने कि नबस्ने भन्ने तनावमा छन् । पछिल्लो समय सत्ता गठबन्धनले जनमत पार्टीलाई पनि सरकारमा समावेश गरेसँगै रिजालको पद धरापमा परेको हो । जनमतका अध्यक्षसीके राउत आफैं सरकारमा मन्त्री हुने तयारीमा छन् । उक्त पार्टीले पहिलेदेखि नै उद्योग वा कृषि मन्त्रालयमा दाबी गर्दैआएको छ ।

यसअघि पनि उक्त मन्त्रालय नपाए पदबहाली नै नगर्ने भन्दै सपथ खाएको तीन महिनासम्म घुर्की लगाएर अन्तिममा खानेपानी मन्त्रीमै जान अब्दुल खान बाध्य भएका थिए । अहिले राउत दोस्रो दर्जाका नेतालाई नपठाई आफैं सरकारमा जाने तयारीमा छन् । दोस्रो दर्जाका नेतालाई पठाउँदा आफूले भनेको नमानेको तीतो अनुभव छोटो समयमै झेलेका राउत आफैं उद्योग मन्त्रीका रुपमा जाने तयारीमा लागेका छन् । त्यसका लागि सत्ता गठबन्धनको ग्रिन सिग्नल समेत उनले पाइसकेका छन् । राउत उद्योग मन्त्रीमा गएमा रिजाल संस्कृति, पर्यटन मन्त्रालयमा सरुवा हुने खेलमा छन् ।

माओवादी र कांग्रेसले थप एक एक मन्त्रालय पाएका कारण उनीहरुले एक एक वटा छाड्नुपर्ने अवस्था कार्यान्वयनमा आए रिजाल उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयबाटै बिदा हुनुपर्ने अवस्था पनि आउनसक्छ । पर्यटन मन्त्री सुदन किराँतीलाई भने त्यही बहानामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिदा दिने तयारीमा छन् । कार्यकाल सम्हालेको ३ महिना बितिसक्दा पनि मन्त्रालयमा कुनै पनि नीतिगत सुधार गर्न मन्त्री रिजालले सचिवालय र कर्मचारीले फनफनी घुमाइरहेका छन् ।

उद्योग मन्त्रीमा नियुक्त भएको ३ महिना बितिसक्दा पनि मन्त्री रिजालले औद्योगिक प्रबद्र्धन बोर्डको बैठक समेत राख्न सकेका छैनन् । क्रसर उद्योगहरु असार १६ गतेबाट आन्दोलित छन् । उनीहरुको दर्ता तथा नवीकरणका लागि औद्योगिक प्रबद्र्धन बोर्डको बैठकबाट नीतिगत निर्णय लिनुपर्ने अवस्था छ । तर मन्त्री रिजाल भने बोर्डको बैठक सारिरहेका छन् । आफ्ना अनुकूलका एजेन्डा तयार गर्न समय लागिरहेका कारण बोर्ड बस्न सकिरहेको छैन । केही दिनअघि निजी सचिव मातृका आचार्य मार्फत् आधा दर्जन क्रसर उद्योगको नवीकरण तथा दर्ताको फाइल अगाडि बढाउन उद्योग विभागका महानिर्देशक बाबुराम गौतमको सूची पुगिसकेको छ ।

महानिर्देशक गौतमले उक्त सूची अनुमति शाखाका निर्देशक हरि पँगेनीलाई थमाइसकेका छन् । रिजाल उक्त सूची अनुसारका फाइलका अंग पुग्नेवित्तिकै बोर्ड बैठक राख्ने पक्षमा छन् । यही मेसोमा माइक्रो बु्रअरीको अनुमतिपत्र बोर्डबाट दिलाउनका लागि चलखेल भइरहेको छ । मन्त्री रिजालकोमा केही ब्यापारीहरु माइक्रो बु्रअरीको अनुमतिका लागि आर्थिक प्रस्तावसहित पुगिसकेका छन् । साउनको पहिलो सातासम्म बोर्डको बैठक राख्ने तयारी मन्त्री रिजालको छ । नेपालफेस

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -