– सोमविक्रम सिंह
यो संबिधानले कालो दिन ल्याएकै हो।बिदेशीका कठपुतली दलालहरूले बिदेशीको निर्देशन अनुरूप उनिहरूकै सहजका निम्ति बनाईएको संविधान हो।नेपाललाई पुर्णरूपमा उपनिवेशमा राखेर दुई शक्तिशाली मुलुक चीन र भारतलाई नियालेर बस्नको लागि ल्याईएको संविधान हो।यो संविधान पश्चिमालाई केही मात्रमा खुसि तुल्याउन सफल भयो भने भारतलाई यो संविधान पाच्य भएन।तसर्थ उनले नेपाललाई नाकाबंदी लगाउन बाध्य भयो।यो संविधान भारतले भने अनुरूप भएन रे।तर भेंडो जनता र पार्टिका झोले अरिङ्गालहरूले यसतो गहन विषय नवुझ्नु र कसैले बुझेर पनि बुझ पचाउँदा भने साँच्चिकै मन रोएर अाउँछ।दलालहरूलाई थाहा थियो संघियता घातक छ तर नुनको सोझो गर्नको लागि भएता पनि यसलाई कार्यनयन गरेरै छाडे।करमा माथि कर थोपारेरै छोडे अन्ततोगत्वा बेश्याबृतीलाई कर लगाई संघियता चलाउनु पर्ने बाध्यता देख्न थाले।हुनत मेरो बेश्याबृती र पर्यटन संबन्धी एउटा ब्यापक पढिएको लेख थियो तर त्यसमा गहन अनुसन्धान, सोध र डाटालाई मध्येनजर गरेर तर्क गरिएको थियो।यो राष्ट्रमा के को लागि पञ्चायत ढालिएको थियो,किन नक्कली कम्युनिष्टहरूले एउटा सच्चा राष्ट्रवाटी कम्युनिस्ट तथा नक्कली प्रजातन्त्रबादीले एउटा देशभक्त तथा प्रजातन्त्रान्त्रिक राजा महेन्द्रको खेदो खने,किन शान्तिप्रिय तथा विकासशिल राजा बीरेन्द्र तथा राज परिवारको बंश बिनास गराए,किन २०४७ सालको संविधान बिरूद्व बिदेशी मिसनरी माअोवादीलाई उचाले,किन राजा ज्ञानेन्द्रले जनताको शासनलाई तीन बर्ष भित्र संस्थागत गर्छु भन्दा कठपुतली दलालका नाईके गिरीजा,प्रचण्डे, बाबुराम र माधवेलाई उचालेर दिल्ली १२ बुँदे सम्झौता गर्न लगाए,किन धर्म निरेपक्षेता र गणतन्त्र लाद्न न्वारन देखिको बल लगाए?यी सब जानकारी भेंडो र अरिङ्गालहरूलाई छ, तर सिमीत स्वार्थमा बाँधिएर दुई दिनको बादसाह भएर बस्नमै सबैले उचित ठानेका छन्, भलै देश जावस् भाँडमा।तर देश जाकिदै छ,ठूलो भड्खेलोमा,ठूलो भुमरी र खाडलमा।बिदेशी दलालले बुट बजारेर मातृभुमिको छातिमा परेड खेलिरहँदा भेँडाहरूले साधारहण चिन्ता बाहेक केहि गर्न सक्दैनन्।जनता जनार्दन भनेर खोक्ने भेँडाहरूले राष्ट्र र राष्ट्रियता प्रति यति सम्म बिकराल समस्या अाउँदा समेत नेतृत्व छैन, जुन जोगि अाए नि कानै चिर्या भन्दै उखान टुक्कामा अोलीको बाजे हुन बाहेक केही गर्न सकेका छैनन्।देश बचाउन के नेतृत्वको नै अावश्यकता पर्छ र?भेंडो किन बिवेकशील प्राणी हुन खोज्दैन किन जनतामा परिणत हुन खोज्दैनन्?सबै जन्तु नै भएर प्राण त्याग्ने सोचमा छन् त?खास भने जनता जागरुक हुन पर्ने हो,गणेशमानको भेंडो उपनाम त्याग्न अत्यावश्यक छ, ईतिहासकै कालो कालखण्ड भएको अवस्थामा अब जनता जाग्न पर्दछ,बिदेशी दलाल तथा कठपुतली बिरूद्व कठोर भएर लाग्न अब कुनै हालतमा ढिलो गरिन हुँदैन।सम्पूर्ण जनसमुदायमा बर्तमान परिस्थिती सर्ववितित नै छ कि नेपालको ईतिहासमा सबैभन्दा खतरनाक घटना मध्ये तलका कोरिएका कुराहरू थिए।जसले मदन भण्डारी मार्यो र त्यही तत्वले घटनाको एकमात्र जानकार अमर लामालाई मारेर घटनाको सत्य तथ्य गर्भमा तुहाईदियो। त्यही तत्वले नै मदनका अर्धाङ्गिनीलाई पहिलो महिला राष्ट्रपति बनायो,यसको प्रमुख कारण के थियो भने मदन भण्डारीको हत्याकाण्डलाई त्यो परिवार र पार्टि भित्र नै कहिले अावाज नअाउने गरि दवाउनु थियो।अन्ततोगत्वा पानी बाराबार भएका कट्टर दुश्मन केपि र प्रचण्ड तथा तिनीहरूको पार्टिको घाँटी जोडिनु अाश्चर्यजनक छ।त्यस समयमा अमर लामाको हत्याको शंका लागेका माअोवादीले अकस्मात तत्कालीन जनप्रिय तथा राष्ट्रवादी नेता मदन भण्डारीको हत्याकाण्ड मुद्वा पहिला झैँ नउछाल्नु ठूलो शंकास्पद बिषय पनि भएको छ।त्यही बिनासकार तत्वले नैै नेपालको अति लोकप्रिय राजसंस्थाको बंश बिनासको भित्री अावरणमा बसेर खेल खेल्यो।पछि त्यही खतरनाक तत्वले नै राजा ज्ञानेन्द्रलाई अाफ्नै प्राण भन्दा प्यारो दाजु र सम्पूर्ण राजसंस्थाको दरवार हत्याकाण्डको दोषीको भागिदार बनाउने कुचेष्टा गर्यो।तत्पश्चात लोकप्रिय राजसंस्था र तिनले बोकेका सुसंस्कार हाम्रो धर्म र संस्कृती वैदिक सनातन हिन्दुत्वलाई नै निमिट्यान्न पारि यो सुवासिलो धर्तीबाट नै राजसंस्था हटाई गणतन्त्र स्थापित गर्ने खेल खेलेको अब जति लुकाए पनि लुकिदैन।ग्राण्ड डिजाईनको मुख्य खलनायक नै गिरिजा, प्रचण्ड, माधव, केपि, बाबुराम तथा अन्य चेलाचपेटा कृष्ण सिटौला, सुवास नेम्वाङ,पध्म रत्न तुलाधर,मल्ल के.सुन्दर, देवेन्द्रराज पाण्डे,खगेन्द्र संग्रौला,सिके लाल,कुमार फुदुङ्ग अादि थिए।यिनीहरूको नाम बर्तमान नै कालो रङ्गले पोतिएको छ भने ईतिहासमा त झन गुको अक्षरले लेखिने पक्का पक्की छ।संबिधान कालो,सेतो,पहेंलो,हरियो जस्तो भए पनि मिती नकोरिएको गणतन्त्र र धर्म निरेपेक्षताको निलो रंगको बाईबल शाश्वत सत्यले चाँडै यसै दशैको कालरात्रीको दिन बलि चढाएर विस्थापित गर्नै पर्दछ।यो मुलूक हिमवत खण्ड अवस्थित श्री भगवान शिवको शाश्वत रूप गुरु गोरक्षनाथको गोरख भुमी हो।अब जनता अगाडी बढी वैदिक पात्रो अनुरूप २०७६ सालको बैशाख १ गते देखि लागू हुने गरि मौलीक पहिचान राजसंस्था सहितको वैदिक सनातन धर्म संस्कृति अनुरूप हिन्दू अधिराज्यको सुसंस्कार सहित वेदरूपि संविधान ग्रन्थ स्थापित गर्नै पर्दछ।सम्पुर्ण राष्ट्रवादी, देशभक्त जन समुदाय दत्त चित्त भई एकाग्ररूपमा कटिबद्व,प्रतिबद्व एक ढिक्का तथा कर्तब्यनिष्ठा भई कर्मनिष्ठाको साथ हातमा हात मिलाई अगाडि बढिरहौं,यहि नै अावश्यकता हो।प्रत्येक बर्ष झैँ कालो दिन भन्दै बिरोध जनाउन सडकमा उपस्थित हुन अन्तर्अात्माले सजग गरायो।संबिधानको बिरोध गर्दै गर्दा कतै सिके रावत र तिनी जस्ता बिखण्डनकारी जत्थाले फाईदा उठाउने त होईन भन्ने संबिधानको हामी घोरबिरोधी हौँ तर बिखण्डानकारी र बिखण्डनका डङ्का पिट्नेहरूको लागि त हामी काल नै हौँ।यथार्थमा जित हाम्रै छ, सत्ता पल्टिदैंछ,बिदेशी दलाल तथा कठपुतली दुश्मनको भ्रुण सहित नाश गर्न अत्यावश्क छ।जय देश जय नरेश।जय जन सत्ता,जय राज्य सत्ता,जय धर्म सत्ता,जय राज सत्ता।