Tuesday, April 30, 2024
घरपत्रपत्रिकानक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

वीरगंज/नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको थियो।

पटकपटक नम्बर फेरेर गृहकै गाडीमा गिरोहले ओसार्थे पैसा, गाडी नियन्त्रणमा

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान क्रममा प्रहरीले गृह मन्त्रालयकै एउटा गाडी बरामद गरेको छ।

प्रहरीले बि-एबी १४०५ नम्बरको सेतो नम्बर प्लेटको मन्त्रालयको गाडी बरामद गरेको हो। अहिले सो गाडीमा इम्बोस्ड नम्बर प्लेट राखिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मानिसहरूसँग पैसा उठाउने र ठगी गर्ने गिरोहले गृह मन्त्रालयको यो गाडी पटकपटक प्रयोग गरेको प्रहरी स्रोतले बतायो।

अमेरिका पठाउने भनेर मानिस ओसारपसार गर्न र उनीहरूबाट असुल गरेको पैसा ओसार्न पनि यो गाडी प्रयोग भएको प्रहरीले बताएको छ।

यसअघि पनि उक्त गाडीको नम्बर पटकपटक फेरेर चलाइएको प्रहरी स्रोतले बतायो। कुनै समयमा उक्त गाडीको नम्बर बा १ झ १५८१ पनि थियो।

गिरोहले गृहकै गाडी प्रयोग गरेको भन्ने जानकारी प्राप्त गरे पनि नम्बर प्लेट नै फरक परेपछि प्रहरी अलमलमा परेको थियो। अन्तिममा यातायात व्यवस्था विभागबाट सो गाडी पुष्टि गरी प्रहरीले केही दिनअघि बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार यो गाडीको नम्बर फरकफरक कार्यालयको भनेर फेरिएको पाइएको छ।

‘कहिले संस्थाको भनेको छ, कहिले मन्त्रालयको भनेर दुई-चार पटक नम्बर प्लेट फेरेको पायौं,’ स्रोतले भन्यो।

गिरोह उक्त गाडी प्रयोग गरी चितवन पुगेको पाइएको प्रहरी स्रोतले बताएको छ। विदेश पठाउने भन्दै कतिपय मानिसहरूलाई चितवन बोलाएर गिरोहका सदस्यहरूले अन्तर्वार्ता लिएका थिए। सो अन्तर्वार्ता गृह मन्त्रालयले लिएको देखाउन गिरोहका सदस्यहरू सोही गाडी चढेर चितवन पुगेका थिए।

सो गाडी गृह मन्त्रालय अन्तर्गत हज समितिको हो। यो समितिले नेपाली मुसलमानहरूलाई हज गर्न साउदी अरेबिया लैजाने व्यवस्था गर्छ। अहिले उक्त समितिका अध्यक्ष शमशेर मिया पनि फरार छन्।

यो प्रकरणमा मियाको संलग्नताबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो गाडी कसले चलाएर चितवन पुर्‍याएको थियो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ। सेतो नम्बर प्लेटको गाडी भएकाले पनि सहज रूपमा आवतजावत हुने गरेको थियो।

गृह मन्त्रालयका धेरै सवारी चालक प्रहरी नै हुन्छन्। त्यसैले पनि उनीहरूलाई सहज भएको हुनसक्ने प्रहरी अधिकारीको अनुमान छ।

अहिले यो गाडी जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ।

यही प्रकरणमा पक्राउ परेका गिरोहका सदस्य सन्देश शर्माले भने कुनै समय टोपबहादुर रायमाझीको गाडी चढ्ने गरेको प्रहरी स्रोतले बतायो।

अरू गाडी आफूले चढ्न लायक नभएको बताएपछि रायमाझीले उनलाई आफ्नै गाडी चलाउन दिएको समेत प्रहरीले बतायो। उनी अहिले प्रहरी हिरासतमा छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १४ जना प्रहरी हिरासतमा छन्।

प्रहरीले अहिलेसम्म १३ जनाको बयान लिइसकेको छ। नेपाली कांग्रेसका पूर्व सभासद आङटावा शेर्पाको भने बयान लिन बाँकी छ।

बुधबार म्याद थप गरेर उनीहरूलाई अदालतमा पेस गर्ने तयारी छ। म्याद थपेर शेर्पाको बयान र अन्यको प्रमाण खुलेको हकमा थप बयान समेत लिने प्रहरीको तयारी छ। साभार: सेतोपाटी

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -