बारा। जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ का दुई मतदान केन्द्रमा बुथ कब्जा भएको आरोप लगाएका छन् । प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको उनले आरोप लगाएका हुन् ।
आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको उनको भनाइ छ । तर, स्थानीय प्रशासनले कुनै पनि मतदान केन्द्रमा बुथ कब्जा नभएको र शान्तिपूर्वक मतदान भइरहेको बताएको छ ।