२०८३ जेष्ठ ६ गते, बुधबार १९:५९

दुर्गा प्रसाईं प्रकरण : २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको पक्राउ सम्बन्धमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै उक्त आदेश दिएको हो। सर्वोच्चले लिखित जवाफका साथै आगामी सुनुवाइका दिन प्रसाईंमाथि भइरहेको अनुसन्धानको सक्कल फाइल समेत पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ।

प्रसाईंको गैरकानुनी थुनामुक्तिको माग गर्दै अधिवक्ता आशिष लुइँटेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि गत सोमबार साँझ वीरगञ्जको दियालो होटलबाट पक्राउ गरेको थियो। उनी हाल प्रहरी हिरासतमै रहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM