२०८३ जेष्ठ ५ गते, मंगलवार १४:४१

गम्भीर आरोप लागेका रास्वपा सांसद कार्कीले लुगा फुकालेर देखाईदिए…

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले आफूमाथि लागेको एक गम्भीर आरोपबारे सञ्चारकर्मीले प्रश्न गर्दा संसद् भवनबाहिरै कोट र टिसर्ट उचालेर ‘नाङ्गो छाती’ देखाउँदै प्रतिवाद गरेका छन्। एक विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको भनी मिडियामा आएको समाचारबारे प्रश्न गर्दा उनले यस्तो अनौठो प्रतिक्रिया दिएका हुन्।

मंगलबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूले ‘जनआस्था’ ले सार्वजनिक गरेको उक्त समाचारबारे सोधेका थिए। सुरुमा उनले आफूलाई यसबारे केही थाहा नभएको भन्दै पन्छाउन खोजे। तर, सञ्चारकर्मीहरूले निरन्तर पछ्याउँदै प्रश्न गरिरहेपछि उनले, “म तपाईंहरूलाई एउटा कुरा देखाउँछु क्या” भन्दै आफ्नो कोट र टिसर्ट पूरै माथि उचालेर छाती देखाएका थिए।

आफ्नो नाङ्गो छाती देखाउँदै उनले सञ्चारकर्मीलाई प्रतिप्रश्न गरे, “कहिँनेर मेरो ट्याटु छ? तपाईंलाई मैले छाती खोलेर देखाएको होइन? देख्नुभयो त ट्याटु? अनि?” सम्बन्धित सञ्चारमाध्यममाथि कानुनी कारबाहीमा जाने कि नजाने भन्ने प्रश्नमा उनले ठोस जवाफ नदिई “प्रोसेस होला नि त, प्रमाण देखाइसकेँ होइन?” भन्ने टिप्पणी गरे।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM