२०८३ असार १४ गते, आईतवार १०:२७

हामी युद्धबिराम चाहँदैनौं : इरान

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग युद्धविराम नचाहेको तर युद्धको स्थायी अन्त्य चाहेको बताएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले जापानी मिडिया आउटलेट क्योडो न्यूजलाई बताएअनुसार यो युद्धलाई पूर्ण रूपमा अन्त्य गर्न सक्ने कुनै पनि पहललाई आफूले स्वागत गर्ने उनले बताए। उनले यो द्वन्द्व देशमाथि “थोपरिएको” बताए।

अब्बास अराघचीले भने, “इरान युद्ध रोक्न सक्ने प्रस्तावहरू सुन्न र विचार गर्न तयार छ। केही देशहरू मध्य पूर्वमा जारी द्वन्द्वको समाधान खोजिरहेका छन्। तर अमेरिका आफ्नो आक्रमण रोक्न तयार छ जस्तो लाग्दैन।”

अराघचीले यो पनि भने, “इरान युद्धविराम चाहँदैन, बरु ‘युद्धको पूर्ण, व्यापक र स्थायी अन्त्य’ चाहन्छ।”

वास्तवमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै दाबी गरेका थिए – उनी इरानसँगको युद्ध चाँडै अन्त्य गर्न खोजिरहेका छन्। ट्रुथ सोसलमा एक पोस्टमा, उनले भने – उनी आफ्ना लक्ष्यहरू प्राप्त गर्ने धेरै नजिक छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM