काठमाडौं । काठमाडौंको धोबी खोलामा आज बिहान मृत फेला परेका पुरुषको सनाखत भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रे मण्डनदेउपुर नगरपालिका-१ का ५० वर्षका ललित गिरी रहेका छन् ।शंखमूल बस्दै आएका उनी साइकलसहित मदन भण्डारी कलेज नजिक मृत फेला परेका थिए। गिरीको शवको उनको श्रीमतीले सनाखत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।
















