२०८२ कार्तिक ३० गते, आईतवार ०४:२४

खैरो हेरोईनसहित दुई महिला पक्राउ

बारा, २९ कात्तिक । प्रहरीले बाराको जीतपुरबाट शनिबार ४४ ग्राम प्रतिबन्धित लागूऔषध खैरो हेरोईन (ब्राउन सुगर) सहित दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका ६ की ३५ वर्षीय सुशिलादेवी र पोखरिया नगरपालिका ७ की ३० वर्षीया पुजा देवी रहेका छन् ।
सिमरातर्फ पैदल आउँदै गरेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दीपक बस्नेत र लागूऔषध नियन्त्रण व्यूरो पर्साका प्रहरी सहायक निरीक्षक गोपाल खड्काको नेतृत्वमा रहेको प्रहरी टोलीले जीतपुरस्थित ललका पुल नजिकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये सुशिलादेवीको शरिरमा लुकाएर राखिएको अवस्थामा ४४ ग्राम चार सय मिलिग्राम खैरो हेरोईन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई सिमरास्थित ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM