२०८३ बैशाख १७ गते, बिहीबार ०७:०४

सुरक्षा परिषद् बैठकमा मुख्यमन्त्री यादवले भने, “ममाथि सुरक्षा थ्रेट छ”

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा परिषद्को बैठक गरेका छन् । गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठक चलिरहेको छ ।

प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक डाकिएको बुझिएको छ । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी छन् । त्यस्तै, प्रदेशका विभिन्न मन्त्रालयका सचिव र प्रतिनिधिसमेत सहभागी छन् ।
यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथि सुरक्षा थ्रेट रहेको बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM