२०८२ कार्तिक ३० गते, आईतवार ०४:२६

पेट्रोलियम ईन्धनको मूल्य बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM