२०८२ फाल्गुन २४ गते, आईतवार १५:४८

मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव

चितवन, १४ असोजः आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ । मासु खाँदा स्वस्थ मासुलाई स्वस्थ तरिकाले पकाएर खान चिकित्सकहरुको सुझाव छ ।
चिकित्सकहरु मासु नै नखानभन्दा पनि पकाउने तरिकामा ख्याल गर्न सुझाव दिन्छन् । मासु आफँैमा खराब नभए पनि पकाउने तरिकाका कारण अस्वस्थ बन्ने गरेको उनीहरुको भनाइ छ ।
पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी खानपिनमा सामान्य ध्यान नदिँदा दसैँका समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको सङ्ख्या उल्लेख्य वृद्धि हुने बताउनुहुन्छ । उहाँले एकैपटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “बोसो नभएको ताजा मासु थोरै थोरै गरेर खान सकिन्छ ।”
पकाउने तरिकामा विशेष ख्याल पु¥याउनुपर्ने भन्दै उहाँले पोलेर र तारेर मासु प्रयोग नगर्न सुझाव दिनुभयो । चाडपर्वमा बाहिर हिँडडुल धेरै गर्ने र खानपानमा ध्यान नदिने प्रचलन बढ्दै गएको जनाउँदै उहाँले भन्नुभयो, “नुन, चिल्लो, चिसो, गुलियो बढी खाने त्यसमा पनि मदिरा र चुरोट मिसाउँदा झनै समस्या हुन्छ ।”
साकाहारीले पनि धेरै मिठाइ, पनिरजस्ता वस्तु खान नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मिठाइ लामो समयदेखि बनाएर राखिएको हुन्छ, जसले स्वास्थ्यमा असर गर्छ ।” पनिर पनि धेरै खाँदा कोलेस्ट्रोल बढ्ने भन्दै उहाँले ठिक्कमात्रामा खान सुझाउनुभयो ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको जोखिम बढ्ने बताउनुभयो । उहाँले दसैँमा मासु खाँदै नखाने भनी रोक्न नसकिने बताउँदै भन्नुभयो, “बासी नखाने, सागसब्जी, गेडागुडी पनि खानामा समावेश गर्ने बरु कुखुराको मासु, माछा खाने गर्नुपर्छ ।” बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विनय ठाकुर बोसो भएको मासुलाई आगोमा पकाएर खाँदा त्यसबाट उत्पन्न हुने प्रतिक्रियाबाट आन्द्राको क्यान्सर हुने जोखिम बढी हुने बताउनुहुन्छ । मासु खान हुने भन्दै उहाँले भन्नुभयो, “तर धुवाँसँग मासुलाई मिसाएर प्रशोधन गरिँदा रासायनिक प्रक्रिया भई क्यान्सर उत्पन्न गराउने खतरा हुन्छ ।” स्वस्थ तरिकाले मासु पकाएर खान उहाँले सुझाव दिनुभयो । मदिरा र मासु धेरै सेवन गर्ने व्यक्तिमासमेत आन्द्राको क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् ।
चितवन मेडिकल कलेज (सिएमसी)का डिएम इण्डो क्राइनोलोजिष्ट डा सौरभ खतिवडा अस्वस्थ तरिकाले पकाएको मासुले मानव स्वास्थ्यमा असरपर्ने बताउनुहुन्छ । बोसो बढी भएको मासु खाँदा मोटोपना बढ्ने बताउँदै उहाँले भन्नुभयो, “मासुसँगै खाद्य परिकार धेरै खाइने हुँदा यसले शरीरमा चिनीको मात्रा बढाउने जोखिम हुन्छ ।”
खाना खाएपछि चार घण्टामा सामान्य अवस्थामा आउनुपर्ने बताउँदै उहाँले बोसोसँगको खानाले १२ घण्टासम्म चिनीको मात्रा बढाइरहने बताउनुभयो । उहाँले भन्नुभयो, “राति बोसोसहितको खाना खाँदा बिहानसम्म यसको प्रभाव रहिरहन्छ ।” बोसो बढी भएको मासु खाँदा एलडिएल कोल्डस्ट्रोर, ट्राइग्लिसिराइडको मात्रा बढ्ने उहाँले बताउनुभयो । डा खतिवडाले भन्नुभयो, “पोलेको, भुटेको र अधिक बोसो भएको मासु स्वास्थ्यका लागि हानिकारक छ । बोसोरहित मासु कम खानुपर्छ ।”
चाडपर्व भन्नासाथ हामी हर्षोल्लासका साथ मनाउँछौँ, तर खानपिन र आहारविहारमा लापरबाही गर्ने चलन छ । अर्को कुरा, धेरै बिरामीहरू आफू मरणासन्न नहुँदासम्म अस्पताल वा स्वास्थ्य केन्द्रमा नजाने, सहेर बस्ने गर्छन् । खासगरी घरमा सबैजना जम्मा भएको बेला अरूलाई ‘डिस्टर्ब’ हुन्छ भनेर आफूलाई बेसरी छाती दुखे पनि वा श्वास फेर्न गाह्रो भए पनि सहने चलन छ, जसले गर्दा मुटु रोगीको जोखिम बढ्न जान्छ । यसबाहेक, यो बेला शारीरिक परिश्रम पनि बढ्छ र खानपिनका कारणले स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्न सक्छ, जसले गर्दा रोगले च्याप्न सक्छ ।
चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले मुटुरोग भन्नेबित्तिकै प्रेसर (हाइपरटेन्सन), सुगर (मधुमेह) र हाई कोलेस्ट्रोल (डिस्लिपिडिमिया) जस्ता रोगसँग जोडिने बताउँदै मुटु रोगसँगै सुगर, प्रेसर वा चिल्लोको मात्रा बढी भएको समस्या छ भने, तिनीहरूले खानपानमा अत्यन्तै सावधानी अपनाउनुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “यदि शुद्ध मुटुरोग मात्र छ र मुटु कमजोर छैन भने अरू बिरामीको जस्तो साधारण खानपिनमा धेरै बार्नु पर्दैन ।” सामान्यतया, हामीले मुटु रोगीलाई चिल्लो र मासु धेरै नखान सल्लाह दिने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “धेरै चिल्लोले मुटुलाई असर गर्न सक्छ र पाचन शक्तिमा गडबडी ल्याउन सक्छ । पेट फुल्यो भने पनि त्यसले अप्रत्यक्ष रूपमा मुटुको कामलाई असर गर्न सक्छ ।”
उहाँले दसैँमा खान र रमाउन सुझाव दिँदै स्वस्थकर खाना थोरै खान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “चिल्लो, छाला र बोसो नभएको मासु थोरै खान हुन्छ । मासु छुँदै नछुने वा जिब्रोको स्वादलाई ध्यानै नदिने भन्ने कुरा सामाजिक सञ्जालमा चर्चा पाए पनि, थोरै खानाले केही असर हुँदैन ।”मधुमेह नियन्त्रणमा छ भने दिनमा एउटा वा दुईवटा मिठाइ खाँदा फरक नपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM