२०८३ बैशाख २५ गते, शुक्रबार ०१:२७

महानगर प्रहरी व्यक्तिको प्रतिनिधि हुनु हुँदैन : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महागर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिनुभएको छ ।

३३औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर ढंगोलले यस्तो सुझाव दिनुभएको हो । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उहाँले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गर्नुभयो ।

उहाँले कानूनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सदैव यहाँहर”ले बर्दी लगाएर फिल्डमा गईरहनु हुँदाखेरी म कोही व्यक्तिको प्रतिनिधित्व होइन । म संस्थाको प्रतिनिधित्व गर्छु । म कानूनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस् । यो शुभकामना छ, यहाँहरु सबै जनालाई ।’

उहाँले काठमाडौं महानगरपालिकामा सुशासन स्थापना गर्नको लागि उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM