२०८३ बैशाख २५ गते, शुक्रबार ०१:२४

नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त

काठमाडौं। नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो । खापुङ पहिलो वरीयताका एआईजी थिए।

वर्तमान आईजीपी दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाशमा जाँदैछन् त्यसपछि खापुङको नियुक्त लागू हुनेछ। खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रमुख छन्।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM