२०८२ माघ ८ गते, बिहीबार १०:४८

सुटकेशमा लास : रुबी साह हत्या आरोपित पासवानको उपचारकै क्रममा मृत्यु

रौतहट, ११ भदौ । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका लक्ष्मण पासवानको बुधबार साँझ मृत्यु भएको छ ।

प्रहरीका अनुसार पासवानले आत्महत्याको प्रयास गर्दै शरीरमा आगो लगाएका थिए । उनलाई गम्भीर अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले पुष्टि गरेको छ ।

शनिबार साँझ गौरस्थित ‘रुबी ब्युटी पार्लर’ जाने तयारीमा घरबाट निस्किएकी रुबी आइतबार भारतको मुजफ्फरपुरस्थित घर फर्कनु अघि अनुहारमा फेसियल गर्न पार्लर गएकी थिइन् । पार्लरबाट फर्किएपछि लक्ष्मणले आफ्नै डेरामा बोलाएर उनको घाँटी थिचेर हत्या गरेको अनुसन्धानमा खुलेको छ ।

सोही राति करिब १० बजे गौर–सिरसिया सडकखण्डअन्तर्गत गौर नगरपालिका–९ मुडवालगेट नजिक बेवारिसे सुटकेस भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहानपख सुटकेस खोलेर हेर्दा रुबीको शव फेला परेको थियो ।

हत्या गरेर फरार भएका लक्ष्मण केही दिनसम्म भारततर्फ र गाउँवरपर लुकेर बसेका थिए । बुधबार बिहान माधोपुर गाउँनजिकै मट्टितेल खन्याएर आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यही दिन प्रहरीको टोलीले गम्भीर अवस्थामा उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएको थियो ।

आफैंलाई आगो लगाउनुअघि लक्ष्मणले करिब ९ मिनेट लामो भिडियो समेत खिचेका थिए । सो भिडियोमा उनले रुबीको हत्या गरेको स्वीकार गर्दै आफ्नो जीवनमा ठूलो अपराध गरेको र अब बाँचे पनि सजाय भोग्नुपर्ने भन्दै निराशा व्यक्त गरेका थिए ।

स्कूल पढ्ने समयदेखि नै रुबीसँग प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै उनले भिडियोमै रुबीलाई घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM