२०८२ माघ २६ गते, सोमबार ११:१९

शी लिड्स आइकन : स्थानीय तहका ३१ महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा

काठमाडौं । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूको सुकर्मलाई संचार गर्दै नेतृत्व क्षमताको पहिचान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको शी लिड्स आइकन कार्यक्रमअन्तर्गत दोस्रो संस्करणका लागि ३१ जना प्रेरणादायी महिला जनप्रतिनिधि छनोट भएका छन्।

कल्प इम्पावर वुमन नेपालको महिलाको राजनीतिमा सहभागिता प्रवर्द्धन परियोजना अन्तर्गत आयोजना हुँदै आएको यस कार्यक्रमलाई गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न पहिलो संस्करणपश्चात दोस्रो संस्करणका रूपमा अघि बढाइएको हो।

आयोजक संस्थाका अनुसार यसपटक देशभरबाट एक सय ३१ आवेदन प्राप्त भएमध्ये एक सय ११ आवेदन औपचारिक रूपमा स्वीकृत भएका थिए। तीमध्ये कोशी प्रदेशबाट २०, मधेशबाट १२, बागमतीबाट १७, गण्डकीबाट १६, लुम्बिनीबाट १६, कर्णालीबाट १२ र सुदूरपश्चिम प्रदेशबाट १६ आवेदन परेको थियो।

निर्णायक मण्डलमा पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सञ्चार एवं ब्रान्ड रणनीतिज्ञ चारु चड्ढा तथा लैंगिकता विशेषज्ञ सरु जोशी रहनुभएको थियो। समितिले मूल्यांकनपछि कोशीबाट ४, मधेशबाट ५, बागमतीबाट ५, गण्डकीबाट ४, लुम्बिनीबाट ४, कर्णालीबाट ४ र सुदूरपश्चिमबाट ५ गरी कुल ३१ जना महिला जनप्रतिनिधि छनोट गरेको हो।

यसरी छनोट भएकामध्ये ७ जना प्रमुख/अध्यक्ष र २४ जना उपप्रमुख/उपाध्यक्ष रहेका छन्।

छनोटमा परेका महिला जनप्रतिनिधि :

कोशी प्रदेश : प्रमिला राई (भोजपुर), बिपना कुलुङ (सोलुखुम्बु), विष्णु कुमारी लिम्बु (इलाम), सबिता राई (सोलुखुम्बु)

मधेश प्रदेश : विद्या देवी भुजेल (धनुषा), कल्पना कुमारी कटुवाल (सर्लाही), गिता चौधरी (सप्तरी), गोकुली कुमारी रेग्मी (पर्सा), रीना कुमारी साह (रौतहट)

बागमती प्रदेश : सिता माया गुरुङ (धादिङ), गायत्री आचार्य (दोलखा), मिठुदेवी लामा (सिन्धुपाल्चोक), मीना कुमारी लामा (मकवानपुर), बाल कुमारी कार्की (रामेछाप)

गण्डकी प्रदेश : हिरादेवी शर्मा (पर्वत), भागवती रेग्मी अर्याल (स्याङ्जा), पद्मा गुरुङ (लमजुङ), चन्द्रकला अधिकारी (कास्की)

लुम्बिनी प्रदेश : विना कुमारी भट्टराई (बर्दिया), हुमा कुमारी डि.सी. (दाङ), निरमाया तरामु (गुल्मी), मिना थापा (रोल्पा)

कर्णाली प्रदेश : देविका कुमारी सिंह (जाजरकोट), मोहनमाया ढकाल भण्डारी (सुर्खेत), धर्मकला शाही (कालिकोट), सिता जैसी (जाजरकोट)

सुदूरपश्चिम प्रदेश : जमुना कुमारी बोहरा (डोटी), सुशिला शाही (कैलाली), ज्ञानु कुमारी सेटी देउबा (डडेल्धुरा), डोल्मा तामाङ (बझाङ), लक्ष्मी धामी रोकाया (डोटी) रहेका छन्।

आयोजक कल्पकी अध्यक्ष पूजा कोइरालाका अनुसार, छनोटमा परेका ३१ महिला जनप्रतिनिधिहरूलाई आगामी भाद्र १६ गते एक दिने तालिम, भाद्र १७ गते सञ्चारकर्मीहरूसँग अन्तरक्रिया र उनीहरूको कामलाई सार्वजनिक गर्न कथा, अन्तर्वार्ता तथा डकुमेन्ट्रीमार्फत प्रवर्द्धन गर्ने योजना छ।

त्यसपछि पुष १८ देखि २० गतेसम्म काठमाडौंमा ‘महिला जनप्रतिनिधि उत्सव’ आयोजना गरिने र पुष २२ गते अवार्ड समारोहमार्फत ३१ मध्ये ७ जनालाई ‘शी लिड्स आइकन २०२५’ घोषणा गरिने छ।

आइकन घोषणा प्रक्रियामा जनमत, ग्राउन्ड रिपोर्ट र निर्णायक मण्डलको अन्तर्वार्ता आधार मानिने आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM